पार्टी पार्टी बिच प्रेम होस्
एकले अर्कोलाई नलगाउ दोष
सभासदहरू! ह्याप्पी भ्यालेन्टाइनस डे
हामी जनतालाई संविधान दे
माओवादी तिमी गुलाफ बोक
एमाले स्नेहले मेट जनको भोक
काँग्रेश छरिदेऊ हर्षका छहरा
मधेशवादी बनिदेऊ देशका पहरा
नेता र साधारण मान्छे एक बनौँ
मिलिजुली विकाश प्रेमले खनौँ
विभिन्न जाती तर एउटै नेपाली
मायाले जोडिएको मेची महाकाली
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
