Skip to content

ॐ श्रीगणेशाय नम:

RakeshKumarKarki-04


सीमाना हराएको मेरो देश
तीनतिर खुल्ला, छैन बन्धन
त्यसैले सन्तुलन हराएको छ
तानिरहेछ तीनतिर
हुँदाहुँदा बुद्धिजीवी नेताहरू पनि
उतै तानिन्छन्
प्रफुल्ल हुन्छन् त्यहाँका
ठूलाठालुसँग भेट्न पाउँदा
लज्जावती फूलझैँ चाउरिन्छन्
उनीहरुको पाउ मोल्दा

बिर्सन्छन् भुसुक्क
आफ्नो स्वाभिमानलाई,
राष्ट्रिय पोशाकलाई,
राष्ट्रिय झण्डालाई,
अनि जन्मिएको हुर्किएको
आफ्नो नशानशा गाँसिएको
मुटुभन्दा पनि प्यारो राष्ट्रलाई

दक्षिणले सधैँ सताउँछ
बलजफ्ती हड्प्छ
कहिले कोशी व्यारेजलाई
कहिले टनकपुरलाई
कहिले सानो गाउँको
स्कुलको कम्पाउण्डलाई

सीमाना घेर्नलाई
बंधीलो बनाउनलाई
आवश्यक छ लडाकु योद्धाहरुको
टिष्टा कांगडा हाक्ने
वीर गोर्खालीका सपुतहरुको

त्यसैले आऊ
नमारौँ आफूले आफैलाई
बांचौँ, सीमाना कोरौँ
शुभारम्भ गरौँ
सीमाना बेर्नलाई ।

ॐ श्रीगणेशाय नम: ।।

इन्जिनिएर राकेश कार्की
लस एन्जेलस

Leave a Reply

Your email address will not be published. Required fields are marked *