Skip to content


कहिले सरकार पक्षको गोलीले
कहिले सरकार विरोधी टोलीले
श्रीमान् मारीयो, दु:ख बिर्सिगो
बिधुवालाई बाँच्नु पर्ने कस्तो दु:ख यो

डालो, नाङ्लो, कसौँडी रित्तै छरियो
लडीबुडी काखे बच्चा, दूधै रोकियो
छोरा छोरी भोकै रोको हेर्नै गारो
बनी गर्ने मरि गयो छैन चारो

धेरै पढेकि भए हुन्थ्यो जागिर
तर पढेकिलाई पनि छैन जागिर
लामो जिन्दगीको दु:ख हेरि सहनु पर्छ
रित्तो टपरी दुनोमा वेदना मात्र झर्छ

जति रोए पनि आँसु सकिन्न
श्रीमन्तले छोडि गयो फेरि फर्किन्न
मार्नेको जित भयो, मर्ने शान्त भो
बिधुवाको मुटु रुँदै चल्ने भो

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *