Skip to content

पुन्य कार्की

तिलस्मी भाव

मलाई कहिलेकाहीँ अपूर्वको तिलस्मी भावले छुन्छ । त्योघडी म अर्कै मान्छे हुन्छु । मेरो मनमा अभाव भन्ने वस्तु हुन्न, म भावैभावको तरल प्रवाहमा पौडेको हुन्छु । यसरी तिलस्मीभावले गाँजेको बेला म अकारण आनन्दमा लठ्ठिएको हुन्छु । त्योक्षणमा आनन्दित हुन मलाई कुनै विषय, बाहना र वस्तुको दरकार पर्दैन । भित्रबाट अप्रतिम आनन्दको तुमूलधुन मडारिएर आउँछ । सायद बुद्धभित्रको अखण्ड बोधिसत्व यस्तै रुपको होला । यस्तै आकार र अनुभूतिमा सीमाहीन भएर फैलिएको थियो होला ।

कुरामा चाल्नो लगाउने कला

आजभोलि कतिपय मान्छेका कुराहरूलाई चाल्नो लगाएर सुन्न थालेको छु । चाल्नो नलगाई सुन्दाखेरि आफ्नो अन्तःप्रदेशमा झ्यासपत्कर छिर्ने संभावना प्रवल भएर गएको छ । खास गरी राजनीतिक वृत्तका बकमफुसे नेताका कुरालाई चाल्नो लाएर सुन्नु परेको छ । बोल्नेले सयकडा असीपचासी प्रतिशत कुराहरू भुस बोलेपछि चामलका गेडा खोज्न चाल्नी लगाउनैपर्ने बाध्यता आएको छ ।

मृत्युको सूचना

घरअगाडिको चेरीको रुखबाट झर्ने प्रत्येक पातहरूले मृत्युको सूचना दिइरहेका छन् । बोटमा रहेका गाढा हरिया पातहरूले जीवनको सूचना दिइरहेजस्तो पँहेला पातहरूले मृत्युको सूचना बोलिरहेका छन् । प्राचीनकालमा पँहेला पातको रङ हेरेर सन्यासीहरूले, सन्त तथा बुद्धपुरुषहरूले आफ्नो गाउन तथा चिवरको रङ छनौट गरेका कुरा कतै पढेको छु । जीवनबाट हरियो रङ बिदा भएर पँहेलिनु भनेको मृत्युको सूचना हो । यसरी पँहेलिएर झरेको पातले पनि मृत्युकै गहन सूचना दिइरहेको छ । त्यसै लाउत्सु महोदयलाई सुकेर हावामा उडिरहेको पातले बोधिसत्वको झलक दिएको थियो र ?

रचनाको मूल्य

साझा प्रकाशनले मेरो एउटा कथा ‘विसंगतिको एउटा पाटो’लाई समसामयिक साझाकथा नामको कृतिभित्र समाविष्ट गरेछ । त्यो थाहा पाएपछि काठमाडौँका केही साथीहरूले मलाई खबर गर्नुभयो । “तपाईंको कथा साझाको संग्रहभित्र परेको छ । सायद लेखकलाई राम्रै पारिश्रमिक देला, काटमाडौँ आएको बेला एकचोटि साझा प्रकाशनमा निस्केर पारिश्रमिकको विषयमा के रहेछ बुझ्नुहोला ।”

श्रमको सरगम

म यतिखेर श्रममा खुलेको सौन्दर्यको अनुपम छटा हेरिरहेछु । जुनजुन चिजमा श्रमका स्वेदकण बीच्छिएका छन् ती ती चिजबाट अप्रतीम सौन्दर्यको रोशनी उठिरहेछ । सुन्दरता भनेको श्रमको लताकुञ्जबीच फुल्ने सुन्दर फूल हो । सुन्दरता ज्ञात अज्ञात श्रमको नादबाट सिर्जना हुन्छ । निख्लो मरुभूमिको कंकडपत्थरमा किसानले आफ्नो पसिनाको थोपा निचोर्दा लहलह हरियालीका अनन्त दृश्य उमारेको हुन्छ । बालुवामा रङ्गविरङ्गका फूल फुलाएको हुन्छ । सोह्र शृङ्गार गरी बुर्जामा खुट्टा पसारेर बसेकी मालिक्नीभन्दा जुठेल्नोमा काला भाँडा मस्काइरहेकी भाँडाको पिँध जस्तै काली फ्याने दमिनी मलाई किनकिन राम्री लाग्छ ।

भ्यागुता टर्टराउँछन्

वर्षाऋतुमा भ्यागुताहरू धेरै टर्टराउँछन् । जब शरदको उज्यालो घाम उदाउँछ तब भ्यागुताको आवाज मलिन हुन्छ । वर्षात्को रिमरिम झरीमा भ्यागुताहरू चौपट्टै कराउछन् । तर झरी थमिएपछि डोबिल्के कुवामा पानी सुक्छ त्यसपछि भ्यागुताको आवाज घट्न थाल्छ । अँझ हिउँदका चीसा रातमा त भ्यागुताको जीवन्त ध्वनि सुन्न पनि पाइँदैन । अहिले जताततै भ्यागुतामात्र कराइरहेका छन् । सत्तासुन्दरीको आङबाट मनीमांसलको रिमझिम वर्षा चुहिरेछ, भ्यागुताहरूको आङमा; अनि उनीहरू घोक्रो फुट्ने गरी टर्टराइरहेछन् । काञ्चनकामीनी स्वादले आपूरित छ उनीहरूको जीव्रो; अनि त कान खाने गरी कराइरहेछन् ।

अतिको खती

भनिन्छ अति गर्यो भने खती हुन्छ । आज म अति गर्नेहरूको खती भएका दृश्य चौतर्फी देखिरहेछु । यसको सबैभन्दा ताजा उदाहरण ज्ञानेन्द्र शाहको नारायणहिटीबाट नागार्जुन जङ्गलप्रवासको दृश्य लाग्थ्यो । गद्दी समालेपछि राजा ज्ञानेन्द्र अब सय-पचास वर्ष होइन यो देशमा हजार वर्ष शासन गर्लान् । किनभने उनको शानमान, चुरीफुरी र तामझाम हेर्दा फुच्चे नेपालको होइन; उनी त सकल ब्रह्माण्डकै चक्रवर्ती सम्राट हुन् । नारीगणलाई गोडाको पानी खुवाएको देख्ता उनी साक्षत् विष्णुऔतार भगवानै हुन् ।

अरस्तुको अन्धविश्वास

मलाई यतिखेर अरस्तुको अन्धविश्वासले डल्लो पारिदिएको छ । आफ्नै परिवेशको धुमिल अन्धकार, जुन भाँती भाँतीका अविद्या, अचेतना, रूढि र अन्धविश्वासको मिश्रणबाट निर्मित रूमलो जहाँ म हराइरहेको बखत, त्यसबाट मुक्त हुन थोरै चेतन भोरको याचना गरिरहेको बखत अरस्तुको अन्धविश्वासले घाँटी अठ्याइदिएको छ । उहिल्यै कलेज पढ्दा राजनीति शास्त्रमा अरस्तुका सिद्धान्तहरू खुब रसपूर्ण तरिकाले पढियो । आजभन्दा तेइस सय वर्ष अगाडिका संसारकै उन्नत चेतन ज्योति । सोक्रेटसका नाति चेला, अफलातूनका सहोदर चेला । यिनी त्यो युगका चिन्तक दार्शनिक मात्र थिएनन् । थिए काव्यशास्त्री, राजनीतिशास्त्री र वैज्ञानिक ।

अल्कोहलिक कि ओर्कोहलिक

दिनदिनै अल्कोहलिक बन्दै गएको समाजमा म आज अल्कोहलिक होइन, ओर्कोहलिक बन्नुपर्छ भनेर कुरा उठाइरहेको छु । लागू औषध अर्थात् नशाजन्य पदार्थले मेरो समाजलाई शनैः शनैः बेर्दै लगेको दृश्य टुलुटुलु हेरिरहेछु । मानिसहरू युगको चाहना र समाजको आवश्यकताले काममा व्यस्त रहनुपर्ने, काममै फँस्नुपर्ने अर्थात् ओर्कोहलिक बन्नु पर्नेमा त्यस्को उल्टो अल्कोहलिक अर्थात् लागू पदार्थमा मस्त भएर दुर्व्यसनीको शिकार बनिरहेका छन् । समाजको सबभन्दा ऊर्जाशील किशोर या युवा वयका मानिसहरूले जानेर नजानेर दुव्यर्सनीको शिकार बनिरहेका छन् । स्कुल पढ्ने उत्तर वाल्यावस्थाका नानीहरूदेखि कलेज पढ्ने, जागिर खाने र अन्य पेशाव्यवसायमा संलग्न मानिसहरू पनि अल्कोहलिक बन्दै गएको/दुर्व्यसनको शिकार हुँदै गएको तस्वीर मेरोसामु छ ।

अदृश्यमा छ जीवनको आकृति

जीवन अदृश्यमा छ । दृश्यमा थोरै चिज छन् । अदृश्यमा अनन्त चिज छन् । अबको दुई मिनेटपछि जीवनमा, जगत्मा के के घटना घट्छन् ? ती सबै कुरा अदृश्यमा छन् । भरे घट्ने, भोलि घट्ने समस्त चिजहरू अहिले नै दृश्यपटमा आउँदा हुन् त संसारको आन्तरिक व्यवस्था नै बिग्रने थियो । भोलिको जीवनको सम्मोहनकारिरहस्य आजै पटाक्षेप भएपछि जगत्को अदृश्य लयबद्धता सबै भताभुंग हुने थियो ।

आरने कामी र हजार आँखा

एकदिन अचानक बाटोमा हिँड्दै गर्दा ईश्वर हमाल दाइ भेटिए । उनी मादक रसले थोरै लर्बरिएका थिए । अक्सर गोधूली बेलामा भेटिने हमालदाइ मातेकै अवस्थामा हुन्छन् । फेरि प्रातकाल र दिवा समयमा भेटिने हमालदाइ विलकुल अलग खालका हुन्छ्न् । एक त उनको रसिक स्वभावले मलाई कता कता विमोहित गर्छ । अर्को कुरा उनी मातेपछि विन्दास तरिकाले बोल्न थाल्छन् । उनका शब्दमा शब्दाचमत्कार र अर्थाचमत्कारका अलङ्कारहरू बर्सिन थाल्छन् । अर्थात् उनी सोझो सपाट बाटो छोडेर बक्रोक्तिमा बोल्न थाल्छन् । उनी उपमामा अर्थ बुन्न थाल्छन् । श्लेषमा संवाद गर्न खोज्छन् । उत्प्रेक्षाका उखानहरू झिकेर हाँस्न बाध्य पार्छन् । आफूले खुद भोगेका जीवन अनुभवलाई रमाइलो पाराले सुनाउन थाल्छन् ।

जूनलाई चुम्बन गर्ने कवि ली पो

महान् वुद्धपुरुष लाउत्सुको जन्मभूमि चीनमा जन्मिएर संसारलाई प्रेम, आनन्द, उल्लासको माध्यमबाट मानवआत्माका टाँसिएको युगयुग पुरानो दुःख पखाल्न आह्वान गर्ने, अनि ताओको मर्म बुझेको स्वीकार गर्ने कवि हुन् ली पो । लियोका यी काव्यपक्तिहरू मुटुको भित्री तारलाई छोइदिन्छ–

यस जगतमा हाम्रो जीवन
एक महान् स्वप्त मात्रै हो
म किन दुःख खेप्दै जीवन बिताऊँ ?
मलाई दिनभरि नै पिएर लट्ठिन देऊ ।

मिस्त्रालको मिठो जीवन

मानिसहरू भन्छन्
मेरो शरीरबाट जोवन बगेर गएको छ
र मेरा शिराहरू ठिक उस्तै किसिमले फाटेका छन्
जसरी शराब झिक्दा रसिला अङ्गुरहरू फुट्छन्
तर मलाई त यतिमात्रै अनुभव हुन्छ
कि एक दीर्घ निः शवसपछि
मेरो मुटुको बोझ हलुङ्गो भएको छ
मैले आफैँसँग यो प्रश्न सोधें
“ममा त्यस्तो के छ जसले गर्दा
एक शिशु मेरा काखमा खेलोस् ?”

प्रेयसीको यादले कवि भएका दात्ते

इटालीमा जन्मेका (सन् १२६५–१३२१) महान् कवि दात्तेको काव्यिक योगदानलाई जतिसुकै प्रशंसा गरेपनि अघुरो हुन्छ । एउटी केटीलाई जीवनको आरम्भिक दिनमा नदेखेका भए, सायद उनी यति महान् काव्यकार हुँदैनथे होला । कविहरूको जीवनमा सानो सानो घटना र सन्दर्भहरूले यति महत्त्व राख्छ, जसको प्रभावप्रेरणाले उनीहरू भित्रको विराट सर्जकीय चेत सल्बलाएर उठ्छ । यिनको जीवनमा यस्तै एक अद्भूत घटना घटेको छ । एकदिन उनले अचानक नौ वर्षकी कलिली सुन्दरी बालिकालाई देखे । दात्ते उनको सुन्दरताप्रति यति मनमुग्ध भएकी जीवनभरै त्यो केटीको मोहनीरूप र प्रेमले उनलाई छोडेन ।

सङ्घर्षको पाठ पढाएर लेख्ने हेमिङ्ग्वे

‘बूढो माझी र समुद्र (उपन्यास)’ विश्वप्रसिद्ध उच्च कोटिका कृतिहरूमध्ये एकमा पर्दछ । एउटा बूढो माछा मार्ने माझीको संघषशीलतालाई यसरी प्रस्तुत गरेको छ कि जसबाट यसका पाठकहरूले सहजै ग्रहण गर्न सक्छन्– मान्छे भएर जन्मेपछि मृत्युपर्यन्त संघर्षशील जीवन भएर बाँच्न सक्नुपर्छ र जीवनका जस्तासुकै कठोर चुनौतीहरूलाई पनि बूढो माझीले माछासँग लाप्का खेलझैं खेल्न सक्नुपर्छ । संसारलाई संघर्षशील भएर बाँच्न प्रेरित गर्दै आफू भने बूढेसकालमा पेस्तोल पड्काएर आफ्नो इहलिला समाप्त गर्ने विश्व प्रसिद्ध स्रष्टा हुन् अर्नेस्ट हेमिङ्ग्वे, जसबाट लेखिएको थियो माथि उल्लेखित संसार प्रसिद्ध उपन्यास ‘बूढो माझी र समुद्र’ ।

एउटा सानो कथाले करोडपति हुने समरसेट मम

स्रष्टाहरूका जीवन पत्याउनै नसकिने दुःख र तनाबहरूले भरिएका हुन्छन् । कष्ट र अभावहरूले घेरिएको हुन्छ । फेरि करिष्मामयी सफलताका व्यञ्जनहरूले पनि उनीहरूलाई नै ढाकिरहेको हुन्छ । भाव र अभावहरूको महासागरमा उनीहरू मानवविश्वलाई चकित गराउने गरी गोता भरिरहेका हुन्छन् । जीवनमा यस्तै अद्भूत करिष्मा पैदा गर्ने लेखक समरसेट मम पनि हुन् ।

आत्मरूपान्तरणका प्रेरणापुञ्ज लेभ तोल्सतोई

विश्वका सर्वश्रेष्ठ लेखकहरू मित्र सजिलै पर्ने लेभ तोल्सतोईको जीवनरोचक तथा मार्मिक अभिव्यञ्जनाहरूले भरिएको छ । आत्मरूपान्तरणको लागि उनको जीवन विश्वका स्रष्टाको निम्ति प्रेरणाको पुञ्ज बनेको छ । आफू एक कुलिन, धनाढ्य र असाध्यै सम्पन्न जमिनदार या सामन्तको छोराको रूपमा जन्मिएर जीवनका ऊर्वर यौवनकालमा रक्सी, रण्डी, मांश, मिष्ठान्न, शिकार, जुवा, जाँडमा डुबेर ऐसआरामको जीवन भोग्दै उत्तरार्धमा त्यसकै अन्तर्गमबाट यी तमाम चीजहरूको निस्सारतालाई सूक्ष्म रूपमा अनुभूत गरेर एक त्यागी सिद्ध, सन्तको जीवनलाई अनावरण गरे ।

एक्ला चलो रे का गायक रविन्द्रनाथ ठाकुर

जीवनमा जुन जुन मानिसले एक्लो यात्रा हिँड्न आँट गरे, उनीहरूले रहर लाग्दा जीवनका उत्कर्षहरू प्राप्त गरे । भीड र समूहमा गरेको यात्राले त्यति ठूलो सार्थक दृश्यहरू उमारेको छैन । सिर्जनाको लागि साधनाको जरुरी हुन्छ, साधनाको लागि एकान्त परिवेशको आवश्यकता पर्छ । त्यो एकान्तमा रम्न, रमाउन र यात्रा गर्न एक्ले बुलाहा हुनु जरुरी छ । यो कुरालाई विश्व कवि रविन्द्रनाथ बङ्गाली भाषामा यति सुन्दर ढंगले शब्दचित्रण गर्नुभएको छ ।

पुस्तकमा डुबेर मृत्युवरण गर्ने कवि शेली

प्रेम र क्रान्तिलाई अगाध प्रेम गर्ने कविमा शेलीको नाम पहिलो नम्बरमा आउँछ । समाजको आर्थिक शोषण, अन्याय, अत्याचार र उत्पीडनको तीखो विरोध गरेर कवितामा लामा ओकल्ने शेलीका यी कविताका हरफले सहजै चिनाइदिन्छ । उनी श्रमिक जनगणका कवि थिए कि चुसिखाने लुटीखाने धनाढ्य सामन्तवर्गका ।

छर्छौ तिमी, बाली उठाउने अर्कै छ
कमाउछौ तिमी, पैशा थुपार्ने अर्कै छ
बनाउँछौ तिमी, हतियार झिर्ने अर्कै छ
छर बिऊ, तर अत्याचारीलाई बाली उठाउन नदेऊ

रुवाइले रुवाउने उम्मर खैर्याम

रुवाइ– १
अरुसँगै मैले पनि ज्ञान–वीज रोपेँ
अनि आफ्नै बाहुले त्यसलार्य हुर्काउन मेहनत गरेँ
त्यसबाट मैले फसलका रूपमा जे पाएँ त्यो यत्ति नै हो–
‘म पानी जस्तै कहाँकहाँबाट आएँ र हावाजस्तै कहाँ–कहाँ जानेछु ।’