Skip to content

मिस्त्रालको मिठो जीवन


मानिसहरू भन्छन्
मेरो शरीरबाट जोवन बगेर गएको छ
र मेरा शिराहरू ठिक उस्तै किसिमले फाटेका छन्
जसरी शराब झिक्दा रसिला अङ्गुरहरू फुट्छन्
तर मलाई त यतिमात्रै अनुभव हुन्छ
कि एक दीर्घ निः शवसपछि
मेरो मुटुको बोझ हलुङ्गो भएको छ
मैले आफैँसँग यो प्रश्न सोधें
“ममा त्यस्तो के छ जसले गर्दा
एक शिशु मेरा काखमा खेलोस् ?”

मातृवात्यल्यका सुकोमल भावलाई कवितामा फिँजाउने महान् कवयित्री गेब्रिला मिस्त्राल स्वय म बालबच्चाविहीन थिइन्भन्दा हाम्रो मुटुमा चस्स काँढा बिझ्ने गर्छ । वास्तविकता त त्यही नै थियो, पन्ध्रवर्षको कलिलो उमेरमा नै शिक्षणपेशामा होकिएकी मिस्त्रालको सत्र–अठारवर्षको लालुपाते बैंसमा एक युवकसँग प्रेमपाशमा बेरिइन् । अग्लो कद, सुन्दर आँखा, सुगठित शरीर, गहुँगोरी, ओठमा मनमोहक मुस्कान बोकेकी मिस्त्रालयको हृदयमा काव्य प्रेमका सुललित भावहरू टनाटन खाँदिएका थिए । प्रथमप्रेमको मधुरिमा पूराका पूरा फैलिन तपाई नै कुनै अज्ञात कारण वश प्रेमीले आत्महत्या गरेपछि जीवनमा विषाद निराशा र करुणाको एक अमिट रेखा कोरियो । उनीभित्र संकल्पको एउटा सुरिलो धुन गुन्जियो– म आजीवन काव्य अर्चना र अविवाहित रहेर बाँकी यात्रा पूरा गर्छु । जे संकल्प गरिन्, त्यसमै प्रतिवद्ध भएर आफ्नो महत्त्वपूर्ण अभिभारालाई पूरा गरिन् ।

मानवजीवनका विराट वियोगहरूलाई काव्यमा उतार्ने महान् नारी स्रष्टा मिस्त्रालको जन्म सन् १८८९मा चिलीमा भएको थियो । यिनका पिता गाउँको स्कुलका एक साधारण शिक्षक थिए । उनले पनि अध्यापन कार्यलाई नै जीवनको महान् लक्ष्य बताइन् । काव्यलेखन, नानीहरूलाई शिक्षण गर्नु उनका अनुरूप रुचिका क्षेत्रहरू थिए । पछि अध्यापन गर्दै अध्ययन गर्दै जाँदा प्राथमिक शिशुका शिक्षिकाबाट देशको ख्यातिप्राप्त शिक्षाविद हुँदै विदेशका विश्वविद्यालयसम्म भिजिटिङ प्रोफेसर बन्न सफल भइन् । दृढ इच्छा शक्ति र संकल्प शक्ति भयो भने जीवनका रहर लाग्दा उकालीहरू चढ्न सकिने रहेछ भन्ने कुरा एकपछि अर्को रूपमा प्रमाणित गर्दै गइन् ।

साधारण गाउँले मास्टरकी छोरी त्यसमा पनि पन्ध्र वर्षको उमेरमा शिक्षिका बनेकी मिस्त्राल अमेरिकाको भिजिटिङ प्रोफेसर हुँदै देशको आवश्यकताअनुसार कुटनीतिक सेवामा प्रवेश गरिन् । स्पेन, पोर्तुगल र ब्राजीलमा चिलीको राजदूत भई काम गरिन् ।

मिस्त्रालले कवितामा जीवनका विविध अनुभूतिहरू उनेकी छन् । यसक्रममा उनले कवितामा प्रेमलाई उनेकी छिन्, मृत्यलाई उनेकी छिन्, निराशालाई उनकी छिन् । उनी बच्चाहरूप्रति, दलितहरूप्रति, प्रकृतिको मनोरम छटाप्रति, दाम्पत्यजीवनप्रति नतमस्तक भएर काव्यसाधना गरेकी छिन् ।

काव्यमा बेजोड किसिमको अनुभूतिको सघनता भेट्न सकिन्छ–
अब म सडकमा जान सक्तिनँ
मेरो कम्मर बढिसकेको छ,
आँखा मुन्तिर गहिरा काला खाडल बनेका छन्
यी देखेर मलाई शरम लाग्छ
तर फूलहरूले भरी एक ढक्की ल्याऊ
अनि त्यसलाई मेरा समिप, मेरा नजिकै राख
बिस्तारै–बिस्तारै बाजामा कुनै मधुर लय सुनाऊ
उसका लागि केवल उसका लागि
म सागरमा चुर्लुम्म हुन चाहन्छु
म आफ्नो शरीरलाई गुलाफले सजाउँछु
र लेट्दै उसलाई शाश्वत गीत सुनाउँछु
कुञ्जहरूमा बस्तै घण्टौँ म सूर्यको ताप सङ्गाल्छु
यस निम्ति कि ममा फूलहरूको रसमाझैं मधु जमोस् ।

पुन्य कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *