मुटु छुने कविताका पंक्तिमा कृष्ण सेन इच्छुक
कवि कृष्ण सेन इच्छुकको कवति्वको विवेचना गर्नु अगाडि उहाँको महान् त्याग र बलिदानले भरिएको जीवन; त्यसमा समाहति भएको ओजपूर्ण कवति्व आदिआदिको विषयमा विभिन्न व्यक्तति्वहरूद्धारा गरिएको सारगर्वति मूल्यांकनउद्गारलाई सुरुमै उद्धृत गर्नु सान्दर्भिक देखेको छु–
वर्गसङ्घर्षमा दृढता र आनन्दानुभूति गर्ने, अन्तरसङ्घर्षमा हमेसा क्रान्तिकारी धारको पक्षपोषण गर्ने तथा दायाँ बायाँ विचलनको शिकार हुन खोज्ने कमरेडहरूलाई धैर्यतापूर्वक सम्झाउने बुझाउने गुणहरू कमरेड सेनका अविस्मरणीय गुणहरू हुन् । विचार निर्माणमा वैयक्तिक योगदानविना उपर्युक्त गुणहरूको विकास सम्भव हुँदैन । एक सर्वाहारावादी क्रान्तिकारी योद्धा, सर्जक र एक महान् सहिदका रुपमा युगले कमरेड कृष्ण सेनलाई सम्झने छ भन्ने मैले निरन्तर क्रान्तिको दिशामा अघि बढ्ने प्रेरणास्रोतका रुपमा ।–(प्रचण्ड, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ–११)
