रुवाइ– १
अरुसँगै मैले पनि ज्ञान–वीज रोपेँ
अनि आफ्नै बाहुले त्यसलार्य हुर्काउन मेहनत गरेँ
त्यसबाट मैले फसलका रूपमा जे पाएँ त्यो यत्ति नै हो–
‘म पानी जस्तै कहाँकहाँबाट आएँ र हावाजस्तै कहाँ–कहाँ जानेछु ।’
रुवाइ– २
आहा, हामी पनि माटामा मिल्नुभन्दा पहिले
हातमा बाँकिरहेकालाई हुनेसम्म उपभोग गरौँ
धूलो–धूलोमै मिल्नेछ, धूलै मुन्तिर विश्रान्ति छ
गीत न गायक, सुरा न साकी, सबै व्यर्थ छन्– अन्त्य पनि
रुवाइ– ३
आहा ! प्रिय यो बटुको भरिद्यौ
जसले भूतकापश्चात्ताप तथा
भविष्यर्क भयलाई भङ्ग गर्दछ ।
भोलि ? भोलिको चर्चै किन ?
भोलि त म आफैँ कालकवलित हुनसक्छु ।
रुवाइ– ४
तरुछाया मुन्तिर रोटीको एक ठुन्को होस्
भरिपूर्ण धमुपात्र तथा सरस कविताको प्रस्तुक होस्
नजिकै तिमीले गीत पनि गाउने भए कतै
सुनसान विजय पनि मेरा लागि हँदो हो स्वर्गसमान ।
रुवाइ– ५
बुद्धिमानहरूलाई वादविवाद गर्दै रहन देऊ
सृष्टिको झगडा पनि छाडिदेऊ
आऊ यो कालोहलदेखि पर एक कुनामा बसेर ।
तिम्रो जसले खेल मनायो हामी उसैको खेल मनाआँ । कवि उम्र खैर्यामको बारेमा धेरै कुरा अज्ञात छ । तर पनि खैर्यामका काव्यहरूले प्रस्तुत गरेका जीवन झल्काहरू साँच्चै नै अद्भूत, अलौकिक र अप्रतिभ छन् । खैर्यामको अर्थ अरबी भाषामा पाल बनाउने हुँदा उनको पेशाको बारेमा थोरैतीन नामबाट अड्कल काट्न सकिन्छ ।
सन् १९१२का दिन पृथ्वीभरिका काव्यप्रेमीहरूको ठूलो दुर्भाग्यको दिन थियो । हामी तमाम काव्य पिपासुहरू एक अनमोल सम्पदाबाट वञ्चित हुने दिन थियो । भएको के थियो भने त्यो दिन एउटा ठूलो पानीजहाज समुद्रमा सधैंको लागि बिलिन भएको थियो । संसारका अनमोल काव्यकृतिहरूमा उत्कृष्ट काव्यकृति ‘उम्मर खैर्यामका रुवाइयातहरूको सङ्गालो पनि त्यही पानीजहाजसँगै डुबेको थियो । उनका थोरैतीन रुवाइहरू भने आजभन्दा सय वर्ष अगाडि नै एक अंग्रेजी कवि एडवार्ड फिजराल्डले अंग्रेजीमा अनुवाद गरेर प्रकाशित गरेका रहेछन् । त्यसैकै रानारुनी झलकमा आज उम्मर खैर्यामलाई अनुमान लगाउन खोजिरहेका छौँ ।
उम्मर खैर्यामको जन्म आजभन्दा लगभग नौसयवर्ष पहिले फारस देशको खुरासानमा भएको थियो । उनी त्यो युगको स्वर्णिम कालमा जन्मेको अनुमान गरिन्छ । त्यो ठाउँमा मात्र आठवटा विश्वविद्यालय र कयौँ पुस्तकालयहरू थिए अरे ।
खैर्याम त्यो समयका एक अद्भूत कवि थिए । उनका रुवाइ त (४ पंक्तिका कविता)ले आजपनि पाठकका मनमस्तिष्कलाई उत्तिकै ऊष्ण ढङ्गले झङ्कृत गर्दछ । उनी मस्त आनन्दमा रम्ने कवि थिए । जीवनको मस्ती नै आनन्दमा बुझ्नुमा छ भन्थे । उनी सुरा, सुन्दरीका प्रेमी थिए । जीवनको असीम गहिराईलाई काव्यले छुने यस्ता विरल कविभित्र खैर्याम पर्दछन् । रहस्यदर्शी सूफीको प्रेमदर्शनमा उनका कविता चुर्लम्म डुबेका छन् ।
उम्मर क्षणजीवी थिए । उनी भन्छन्– जीवनरस चाख्नलाई एक निमेष मात्र समय मिल्छ । जबसम्म जीवन छ, तबसम्म पिउँदै गर, जीवन फर्किएर आउँदैन । जीवनको भरपूर आनन्द र मुक्तिलाई उनले मूलमन्त्र बनाएका थिए । उनले भगवान्लाई पनि यसो भनेका छन्– ‘भगवान् मैले कहिल्यै तिम्रो पूजा गरिन । न तिमीसम्म पुग्ने प्रयत्न नै गरे । परन्तु म यति हुँदा हुँदा पनि निराश छैन । मलाई तिम्रो कृपाको भरोसा छ । यसकारण कि मैले कहिल्यै आफ्नो मुखबाट एकलाई दुई मानिनँ । सदैव मलाई तिम्रै मात्र ध्यान रह्यो ।’
सन् ११२३मा उनी त्यस्तो ठाउँमा समाधिस्थ भए, जहाँ फूलका वृक्षहरूले उनको निहानमाथि लटरम्म फूल बसाइरहेका छन् ।
