Skip to content

परपीडामा मलम पट्टि सेकेको छ कस्ले


आजै केही गरौ भोलि देखेको छ कस्ले
पहाड भै आधी हुरी छेकेको छ कस्ले

जाति भाषा एकल शासन चलाउदै आए
जात जातिको संविधान लेखेको छ कस्ले

रोज्छन सबै चुम्नलाई राम्रा राम्रा फूलहरू
हेर आज काँडाहरू टेकेको छ कस्ले

आफ्नै मात्र समस्या ठुलो देख्छन मान्छे
परपीडामा मलम पट्टी सेकेको छ कस्ले

1 thought on “परपीडामा मलम पट्टि सेकेको छ कस्ले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *