Skip to content


१)
मेरो नाम बेचेर हिड्यौ सुने
आफन्तको कुरा गिड्यौ सुने
पानीमाथिको ओभानो हुन
शब्द शब्दमा भिड्यौ सुने ।

२)
अन्धो भक्त हुनु कमजोरी
दुःख पर्दा रुनु कमजोरी
भूमरीमा पर्दा आत्तिएर
विकृति छुनु कमजोरी ।

३)
रुपिया पैसा सबै थोक हुँदैन
डाको छाडी रुदैमा शोक हुँदैन
सबैको अनुहार बानी कहाँ मिल्छ र
त्यसैले चर्को बोल्दैमा झोक हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *