जीजीविषा बोक्ने बाहना गर्दैछ


१)
तिम्रो मनलाई धर्मशाला बनाएछौ
साच्चै नै आफ्नो जात जनाएछौ
आफुमा निहित कमीकमजोरीहरू
र्निधक्क भइ अरुमाथि खनाएछौ ।

२)
जसले बनायो नियमहरू उसैले तोडेको देखे
बाध्न खोज्छ अरुलाई उसैले सत छोडेको देखे
आडम्बरको भारी बोकी दर्शन छाट्छ जो जो
बाहनामा लिप्त भै स्वार्थ उसैले ओडेको देखे ।

३)
जे जे गर्नुथ्यो गरिसके भो अब गर्दिन नि
जति भर्नुथ्यो भरिसके भो अब भर्दिन नि
सहनुले सिमा नाघिसक्यो कति सहिरहुँ म
जीउदै मर्नुथ्यो मरिसके भो अब मर्दिन नि ।

४)
विटुलो परिस्थितिको सामना गर्दैछु
सदैव शुभ दिनको कामना गर्दैछु
पाइन्न फेरी गुमे पछि जीवन यो
जीजीविषा बोक्ने बाहना गर्दैछु ।

५)
आफु त उदाङ्गियौ मलाई पनि उदङग्यायौ रे
घाटी समाए पछि कुराले आफ्नो कुरा बङग्यायौ रे
आफुलाई बचाउन कुनै विकल्प नभेटे पछि तिम्ले
मेरो विरुद्ध खोलेका ती सबै अध्याय टुङग्यायो रे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *