सल्यक्रिया पछि उठेको
मेरो कलम दौडदैछ आज
थलिएर बस्यो निक्कै दिन
तन, मन, धन खर्चेर
म सेवामा जुटे
भोक, प्यास, दिन, रात, झरी
बादल, पानी केही भनिन
जुझारु भई खटे
मेरो प्रार्थना
मेरो कामना
मेरो त्याग
मेरो प्रण
मेरो अठोट
मेरो आस्था
मेरो हिफाजत
मेरो साधना
मेरो धैर्य
मेरो चाहना
मेरो चेतना
मेरो विवेक
मेरो संकल्प
मेरो दक्ष्यता
मेरो सम्मान
मेरो सौभाग्य
मेरो संगत
मेरो संयोग
मेरो पुजा
मेरो शान्ती
मेरो प्रेरणा
मेरो हिम्मत
मेरो स्मरण
मेरो माया
मेरो भावना
मेरो सृजना
मेरो कल्पना
मेरो उत्साह
मेरो उमंग
मेरो साहारा
मेरो कान्ति
मेरो क्रान्ति
मेरो आयाम
मेरो हात
यी सबै सबै
तिम्रा साथ थिए
छ, हुने नै छ
म यस धर्तीमा रहेसम्म
हुन दिने छैन अपाङ्ग
असक्षम, अयोग्य, अदृष्य
निष्कृय, निष्तेज, र्निबल
ओझेल पर्नु हुदैन
दौडनु पर्छ तिमी
दौडीएको राम्रो
दौडनु तिम्रो नियति
तिम्रो उन्नती, प्रगति
तिम्रो महानता
तिम्रो अभिमान
तिम्रो गौरव
तिम्रो स्वाभिमान
तिम्रो सार्थकता
तिम्रो नेतृत्व
तिम्रो अस्तित्व
तिमी थियौ, छौ र लेख्न पाएकी छु
यी कोरा कागजहरू सजाउन या
जीवन दिन पाएकी छु
यो पृथवी रहेसम्म तिमीले
साथ दिनेछौ कयौ
कलमजीवीलाई
कलम पे्रमीलाई
कलम तिमीलाई
अभिनन्दन ।
