मरुभूमि माझ पुगे पनि रुँदिन म अबदेखि
काँडा भनेर जानी जानी छुँदिन म अबदेखि
जीवन नै सुम्पेकोथे तिमीलाई घात गर्यौ
भुलेर तिम्रो नजरमा हुँदिन म अबदेखि
जहिले झुटो आश्वासन दियौ केही भनिन
सम्झी सम्झी तिमीलाई चुँदिन म अबदेखि
पानी जस्तो निर्मल मन ठान्न भुल गरेँ
माफ गर मनको मैला धुँदिन म अबदेखि ।
