मौका दिइयो र त कुरा काट्यो मान्छेले
आफ्नो गलती लुकाउन ढाट्यो मान्छेले
स्वार्थको पोको बोकी हिड्दा हिड्दै
आफूले नै थुक्या थुक चाट्यो मान्छेले
आफ्नो मतलव पुरा गर्नको लागि
आश्वासनको पोयो बाट्यो मान्छेले
सधै साथै रहदैन कोही कसैको पनि
सम्झना स्वरुप चिनो साट्यो मान्छेले
मौका दिइयो र त कुरा काट्यो मान्छेले
आफ्नो गलती लुकाउन ढाट्यो मान्छेले
