एक दिन मत्र्यलोकमा मासको पाँचौं सोमवार र कृष्णका जन्माष्टमी उही दिन २०७४ साउन ३०मा परेछन्, मानिसहरुको कोलाहल कान्तिपुरी नगरीमा देखेर यी दुवै इष्टदेव भलाकुसारी गर्न थाले ।
हे देवका पनि देव, भोलेबाबा तिमीलाई त आज महिनाको पाँचौं सोमबार भएर मान्नेहरुको लावालस्कर बाहिर चक्रपथसम्म पुग्यो नि ?
हेर हेर आफ्नो कुरा लुकाएको नक्कले काले कृष्ण आज जन्माष्टमी भएर तिमीलाई पनि सम्झी नाच्नेहरुको भीड पनि हेर्न लायकको छ नि ? नौतनपुरीधाम, हरेकृष्ण धाम र राधाकृष्ण मन्दिरमा कहाँ कहाँ हो कहाँ कहाँ ताँती नै लागे नि बाबा ।
भएर के गर्नु हो नि मेरो पनि त्यही हो नि आजकाल त व्रत भन्ने मात्रै उफ्री उफ्री नाच्नेहरू त सोमरस नखाई नाच्दै नाच्दैनन् बा ? तिमीलाई पनि ब्रम्हकुमारी, बोल बम, बाबाहरू सबैले कत्ति भक्ति गर्छन् नि हगी ?
भएर के गर्नु सबैजना गाँजा खान पाउँछ भनेर आउनेहरुको भीड नै बढी हुन थाल्यो । मान्नलाई पनि भाङ्गलाई प्रसाद भन्न थाले । तिमी त प्रेमको प्रतिक हौ । सबैसँग प्रेम गर्ने तिमीबाटै सुरुवात भएको हो । खाली सोह्रशय गोपिनी भन्ने प्रेममा आनन्द आत्मीय रुपमा गर्न कहिल्यै सिकेनन्, खै तिम्रा वास्तविक भक्त ?
तिमीले पनि त कण्ठमा नीलकण्ठ बनेर विषलाई सारा धर्ती विषालु गर्नबाट जोगायौ तर तिम्रा पनि भक्तहरू देखिन मैले सबै लागू पदार्थमै अल्मलिने ।
यी त भए नरहरुका कुरा । स्त्रीहरू त सच्चा भक्त हुन् नि होइनन् र ?
हे किन हँसाउनुहुन्छ ? यिनीहरू त झन् तडकभडक गर्ने । पैसा नभएकालाई त सारो होच्याउने ।
मेरा त सच्चा भक्त भनेका भौतिक रुपले पूज्ने होइनन् कि आत्मीय रुपले पुज्ने नै सच्चा भक्त हुन् ।
मेरो पनि त्यही हो आत्मीय रुपले अँझ हामीलाई सजिलो हुने गरी हामीले हेर्नुपर्ने दुःखीहरुलाई जसले हेर्छन् त्यही हाम्रो भक्त होइन र भोलेबाबा ?
ठिक ठिक मेरो पनि त्यही हो । सच्चा कर्म नै हाम्रो पूजन हो ।
हरे कृष्ण ।
जय शम्भो ।
हरे कृष्ण ।
जय शम्भो ।
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग, काठमाण्डौं
bijusubedi@gmail.com
