Skip to content


देशकै लागि अङ्ग र भङ्ग भएथे जनता
बेपत्ता भए अहिलेसम्म पाएन ठेगाना
कैयौंले हाँसी त्यागेर प्राण गरेथे त्यो बाजी
यसरी लाखौं शहीद भए सङ्ग्रामी त्यो घडी

मिल्काइ फाले अघिमा बढी राजाको शासन
हकको लागि लडेर ल्याए हटाई दमन
कुनै नि नेता नबनौं अब राजाको जसरी
गणको तन्त्र आइमा सक्यो स्याहारौं बेस्करी

यो गण तन्त्र सबैका लागि महान उत्सव
सबैको दैलो पुर्याइ हालौं यसकों प्रकाश
छुवा र छुत भएका ठाउँ निसाफ दिलाऔं
कन्दरा कुना पुर्याइ गाउँ विभेद हटाऔं

यो गण तन्त्र सर्वत्र लगी बहार फैलाऔं
सङ्घर्ष धेरै गरेर अँझै विथोल्न नदिऔं
शसक्त पारौं कम्मर कसौं सदा नै बचाऔं
यो गण तन्त्र नेपाललाई सलामी चढाऔं

लय :–३+२, ३+२, ३+३ जम्मा १६

नोट :– गणतन्त्र त आयो यसलाई तुरन्तै सँस्थागत पनि गर, गरिब जनताको झुपडीसम्म पनि पुर्याऊ, नेपाल सरकार भन्दै २०७४ जेठ १५को १०औं गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण दिदीवहिनी दाजुभाइ शुभचिन्तकहरुमा भावपूर्ण शुभ–कामना सहित ।

२०७४ जेठ १३
बिजु सुवेदी “विजय”
भम्तजन मार्ग, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *