“दुइटी केटीहरू थिए । एउटीको नाम कञ्चन थियो भने अर्कीको नाम कल्चुँडी । कञ्चन र कल्चुँडी एकदमै मिल्ने साथी थिए । नामजस्तै कञ्चनको स्वभाव राम्रो थियो । कञ्चन कुनै केटासँग पनि कुरा नगर्ने खालकी थिई । कल्चुँडी भने हरेकपटक कुनै न कुनै केटासँग आफ्नो लफडा भएको किस्सा जसलाई पायो त्यसलाई सुनाउँथी र आफूलाई भएको यस्ता समस्याहरूको समाधान गर्न हारगुहार मागिरहन्थी । त्यस्तोबेला कञ्चनले कल्चुँडीलाई केटाहरूको सङ्गत गरेर आफ्नो जीवनलाई नरकमा नपार्न सल्लाह दिन्थी । उनीहरू दुवैको रविसँग मित्रता गाढा भएको थियो ।” यी सबै कुराले यिनीहरूका बारेमा एसएसपी प्रमोदलाई अनुसन्धान गर्न खुराक भएको थियो ।
कुरो के भने एकाएक एकदिन रविले एकाएक आत्महत्या गरेको थियो । अनुसन्धान गर्नका लागि त्यहाँ सुसाइड नोटहरू केही पनि प्रहरीले फेला पार्न सकेका थिएनन् । केस ह्याण्डिल गर्ने एसएसपी प्रमोदले कञ्चन र कल्चुँडीको फेसबुक सिज गरे अनि पासवर्ड ह्याक गरे । त्यसपछि फेसबुकका उनीहरू दुइटीकै भिडियो च्याट गरेका डाटाहरू प्रहरीले एसएसपी प्रमोदको रोहवरमा अनुसन्धान गरे ।
अनुसन्धानबाट प्रहरीले कञ्चनले प्रयोग गर्ने फेसबुकको मद्दतले अनेकौं केटाहरूलाई फसाएर कञ्चनले बेश्यालेभन्दा नराम्रो हरकत गरेको प्रमाणहरू फेला पारे । कञ्चनको फेसबुकको प्रेण्ड लिष्ट तथा पेजहरू उरण्ठ्याउला केटाहरूसँगको फोहोरी खेलहरू देखेर प्रहरीहरू नै लाजले अवाक भए । उनको कुनै पनि यस्तो डाटा थिएन जस्ले उनलाई कञ्चनझैं निर्मल सावित गर्न सकोस् ।
एता अर्की केटी बाहिरी रुपमा नराम्री चरित्रका भनेकी कल्चुँडीको भने फ्रेण्डलिष्टमा एकजना केटाहरू पनि थिएन र उनको स्वभाव यत्ति राम्रो थियो कि वास्तबमा उनको नाम कञ्चन हुनु पर्थ्यो । अनेकौं अनुसन्धान गर्दा पनि उनको फेसकुकको कुनै पनि डाटाबाट उनलाई नराम्री केटी भनेर प्रमाणित गर्ने कुनै आधार थिएन । वास्तबमा उनले आफू नराम्रो केटाहरूसँग फसेको कुरा सुनाएर त्यसको प्रतिक्रिया पाएका आधारमा आफ्ना लेख रचनाहरू तयार पारेर इन्टरनेटमा पोष्ट गर्दथी ।
२०७३ मङ्सिर ६
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग
bijusubedi@gmail.com

हाम्रो समाजमा देखेको चरित्रहरु हरेर वास्तविकता नै पस्केको हुँ ।
मैले यही हाम्रो समाजमा देखेको चरित्रहरु हरेर वास्तविकता नै पस्केको हुँ ।