Skip to content


गर्भमा स्नेहले हुर्काउने आमा
धर्तीको काखमा थाम्ने प्रकृति आमा
आत्मालाई जन्मदिने परमात्मा आमा

दिन त के नै सक्छु र
सबै तिम्रै त हो नि
त्यसैले तिम्रो अगाडि,
म सधैं फुच्चे नै त हुँ

म तुच्छ प्राणीले दिने भनेको
केवल श्रद्धा हो
केवल आदर हो
केवल सम्मान हो

तिमीलाई खुसी तुल्याउन
आफू असल बन्ने हो
यही नै तिमी प्रतिको समर्पण हो

दुःख साराजग हटाउन
तिमीलाई सघाउने हो
यसरी नै असल कर्म गर्दै जाने हो

त्यसैले स्वर्ग भनेको नै आमा हो
जय आमा
आमाको विजय नै
मेरो विजय हो
वर्षको ३६५ दिन नै तिम्रो उत्सव हो ।

२०७४ बैशाख १२
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *