म बैरी हुँ फूलवारी
ए मुहार दुराचारी
के सोच छ तिम्रो धरी
हुँ म तिम्रो साख्खै परी
भनी उनी मेरोसामु
बच्ची खै नि भन्नी मामु
आँखाबाट आँसुु टोली
मनमनै मन डोली
बोली खोल्न तर्सी तर्सी
आँखाबाट बर्सी बर्सी
सखी कुन देशबाट
कस्तो हो यो तिम्रो ठाट
मैले केही आँखा भेदेँ
मैले केही शेष छेडेँ
उनी झनै शान्त भई
आँखा दुई बन्द गरी
गाह्रो भाव सुझ्न साह्रो
बुझ्न चाहेँ बढ्यो पारो
फेरि होस आए जस्ती
फेरि ठेस लाए जस्ती
फेरि केही बोल्न खोजी
जालो साङ्लो तोड्न खोजी
यही हाल मेरो पनि
मैले पनि भन्नु छ नि
कुन देश थियो प्यारीे
केही छैन बोली न्यारी
फेरि कता गई कता
हावा जस्तो भयो छटा
खोज्न थालेँ विली गयो
छायाँ शुद्धा हरी गयो
थाकी थाकी थ्याच्च बसेँ
पारि खुर्पे जून गमेँ
हिम गिरी चारैतिर
पाखा भीर मनै पिर
गोटाखोर नभ गमेँ
ए त्यो छबि कता छ हाँ?
कुन देश कता प्यारी
तब मीठो याद यारी
सुरिलो त्यो साज आयो
हावा मन्द बास्ना ल्यायो
गम्नु थियो गमी बसेँ
राज तिम्रो सम्झी तर्सेँ
बौरीबौरिरहेँ अँझै
भनिरहेँ याद ताजै
अब हुन्न केही बोल
केही हैन भेद खोल
म त हुँ नि सीते रामु
घरदीप मेरोसामु
उनी मेरी रैछी सीते
वर्षौपछि पीडा बिते
दशैं हो यो आज देखि
त्यसै हैन साँच्चै सेखी
घर चिन्न आएँ आजै
भेद यो हो जान ताजै
उनी भेद खोल्दै गई
धन्य बाबा राम्रो दशैं
एक सबै पार्ने र चैं
शुभ छ है सबैलाई
बनौं सबै भाइभाइ
नाचौं झुमौ हाइहाइ
लय २+२ =४विश्राम २+२=४ विश्राम जम्मा ८ मात्रा
२०७३ असोज २१ शुक्रवार
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग
bijusubedi@gmail.com
