Skip to content

गर्नै पर्यो उत्सर्ग


दिनै पर्ने भयो हर सङ्ग्रामी उत्सर्ग
कति झेल्ने आफूमाथि भएको अन्याय

गर्ने के हो आश सबै निराश भैसक्यो
गरी क्यौँ रक्त–तन उदास गैसक्यो
दियो निभ्यो फेरि तेज दिनु छ सर्वत्र
रात निशा गई दीप छाउन यथार्थ

जब कोही बाटो दिन्न तब त बढ्दैछौँ
दिलबाट स्वर आयो त्यसैले चढ्दैछौँ
यत्न गरौँ यति धेरै कम्मर कसौँ लौ
नयाँ प्रभा आशालाई विपना बनाऔँ

लय २ +२ +२ +२, ३+३ जम्मा १४

२०७३ कार्तिक २३ मङ्गलबार
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *