ऊ अफिसको नयाँ कर्मचारी हो । उसले जागिर खाएको २–३ महिना मात्रै भयो । उसलाई सधैं जागिर भनेको “जा गिर” अर्थात “गिर्न जाऊ” सार्थक भएको लागिरहेको थियो ।
आज मे १को दिन हो । हिजो कोही स्टाफ तथा साहूले विदाको कुरो ननिकालेकाले ऊ आज पनि विनाकुनै सोधनी अफिसमा नियमित समयमै पुगेको थियो ।
आजको दिन सरकारी विदा भएर अफिसमा खासै काम नभए पनि साहूले कोठाको सेटिङ्ग फेर्न कामको नयाँ बहाना बनाएको थियो । सबै स्टाफहरु साहूले भने बमोजिम अफिसको कोठाका सामानहरु एक ठाउँबाट अर्को ठाउँ सारिरहेका थिए । त्यसैले साहू पनि दङ्ग परेको थियो ।
साँझको ६ बजिसकेको थियो । आज पनि साहूले आफ्नो व्यक्तिगत खर्चहरुको फेहरिस्त पेश गर्यो । सो साहूको नगदीकोषबाट भएका खर्चहरुको विलबाट भौचरहरु सबै स्टाफहरु मिलेर बनाए । ओभर टाइम नपाउने अफिसको नियम थाहा पाउँदा पाउँदै पनि अझै स्टाफहरु काम पाएर दङ्ग परिरहेका थिए । सो भौचरहरु कोही स्टाफले ३० अप्रिलको मितिको बनाए भने कोही स्टाफले मे २को मितिको बनाए ।
अन्त्यमा ७ बजेतिर आज भएका सम्पुर्ण कामका भौचरहरु सदर गर्न साहूले सबै भौचरहरु चेक गरे अनि भने अब भने तिमीहरु पर्फेक्ट भयौ ।
आज २०१७ मे १ को मजदूर दिवसको शुभ–कामना सहित
२०७४ बैशाख १८
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग, काठमाण्डौं
bijusubedi@gmail.com

साहू र सरकारी बिदाकाे अलिक
साहू र सरकारी बिदाकाे अलिक तालमेल भएन बाबु । सरकारी जागिरेहरुका हामीक हुन सक्छन् कि यो साहू नै हो भने यो कुनै प्राइबेट फर्म हुनु पर्ने हो । यसलाइ मिलाउनु पाे पर्ने हो कि ।
कथा खल्लो हुन्छ बन्धु !
त्यसरी सबै कुरा कथाले भन्दै जाने हो भने कथामा ह्रास आउँछ । त्यसैले यस बारे नबोल्नु नै उचित होला । अलिअलि पाठकले आफैले कथा पढिसकेपछि माथिङ्गल घुमाउन् । सिधै भन्नु भन्दा घुमाउरो पाराले भन्नु उचित हुन्छ जसले बेजोडले पाठकलाई घच्घच्याइदिन्छ । यो कुरा बन्धुजीलाई पनि लाग्न
गएकोमा यसबाट म सफल भएको नै ठानेको छु ।
2074-01-21
बिजु सुवेदी “विजय”