Skip to content


रङ्गाइदेऊ खेलेर होली अमृत तनमा ।
लगाइदेऊ सिम्रिक लाली उघारी मनमा ।।

निक्लेको छु नि शहिद बनीे छाती नै तानेर,
हाँसेर प्राण आहुती गरी स्वतन्त्र छानेर,
तेरो यो लाल आएर पुछ्न अस्रुको सरिता,
कसरी बाँच्छ हे देश भन्न त्यागेर यो चिता ।

हिराको जस्तो टलक राम्रो बादल कान्तिको,
आजको दिन सुनौलो कस्तो मौसम क्रान्तिको,
मस्तीमा मेरो सुगन्ध छायो मुटुमा एउटा,
देशका लागि जनता भनी अर्पेको यो छटा ।

यो तन केहो बस्ने नि किन पञ्छेर डगेर,
गरेँ नि जबै शरीर त्यागी लडेर डटेर,
महक हावा भएर मैले ढाकेर ओढाएँ,
देशको जत्ति खलल ठाउँ सुगन्ध पुर्याएँ ।

लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय

२०७३ असोज २६
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *