Skip to content

साहित्यकार विजु सुवेदी ‘विजय’को कथा सङ्ग्रह प्रकाशित

20150810_BijjuSubediBijay_Kathasangraha


काठमाडौं
२४ साउन, २०७२

मझेरीका नियमित लेखक साहित्यकार विजु सुवेदी ‘विजय’को कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू” रत्न पुस्तक भण्डार, वागवजार, काठमाडौंबाट प्रकाशित भएको छ ।

यो कथा सङ्ग्रहमा जम्मा २८जटा कथाहरू समावेश छन् । २७ वटा कथाहरु २ पृष्ठदेखि ११ पृष्ठका छन् । कथाहरु प्रेम, राजनीति, विज्ञान तथा सामाजिक विषयमा आधारित छन् ।

अन्त्यमा ८७ पृष्ठको राजनीतिक परिदृश्यको “सत्य सङ्घर्षका कथाहरु” शीर्षकको कथा (जुन यस पुस्तकको नाम राखिएको छ)बाट १० वर्षे माओवादी जनयुद्धकालमा सर्वसाधारण मुक्तिकामी जनताले भोग्नुपरेको दमनको पराकाष्ठालाई शब्दमा चित्रण गरी यस पुस्तकको केन्द्रविन्दु बनाई प्रस्तुत गरिएको छ ।

कथा सङ्ग्रह ३०३ पृष्ठको छ र पुस्तकको मुल्य ३९५/– रु. तीन सय पन्चान्नब्बे रुपियाँ मात्र राखिएको छ ।

२०७२ साउन २४
रत्न पुस्तक भण्डार
वागवजार, काठमाडौं
ratnapustak@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *