Skip to content


छातीभित्र मुटु छ, कसरी देखाउने
हनुमान भएको भए सीताराम देखाउँथेँ

धेरै गरेकोलाई माटोमा मिल्काइदिन्छन्
एउटा गल्तीलाई तीलको पहाड बनाउँछन्
जति गरे पनि गरेको देख्दैनन् कसैले
हिजो पनि त्यस्तै छ, आज पनि उस्तै
छातीभित्र मुटु छ………….

विचरा सिधालाई पहिले काट्छन् रुखजस्तै
नराम्रा कामका पछि जो पनि दगुर्छन्
भलाई गर्नेलाई सधैँ खेदो खन्छन्
कस्तो अचानो बनाउने यी दुनियाँदारीहरू
छातीभित्र मुटु छ………….

२०७२ असार १६ बुधबार
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com
www.bijusybedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *