Skip to content

दुःखीलाई राम्रो होस् (गजल)


दुःखी–लाई राम्रो होओस् भनि नै रहन्छु ।
मेरो पीडा दुःख सबै पिइ नै रहन्छु ।।

दैव अझै पनि झनै निर्दयी किन हो ?
यति बेला आफू अति झोक्रि नै रहन्छु ।

मेरा लागि आफू अब केही नि माग्दिन
आफू – भन्दा दुःखी लाई तारि नै रहन्छु ।

आऊ सबै यसै गरी लम्काऔं पाइला
राम्रा काम गर्न लागौं भनि नै रहन्छु ।

हेर ! तिम्रो हाल बिग्र्यो भन्दा नि टेर्दिन
दीन तिम्रो हाल सप्रे रमि नै रहन्छु ।

२०७१ कार्तिक १० गते सोमबार
(२+२ =४)+ (२+२=४)+ ३ + ३ जम्मा १४ अक्षरमा सवाई लयमा गाउने
शीर्षक :– दुःखीलाई राम्रो होस् ।
गजलकार :– बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *