उसले ट्रेकिङ गाइडको काम गर्थ्यो । एकदिन ऊ निकै खुसी भयो किनकि उसले एउटी एक्ली सुन्दरी कुइरेनीलाई ट्रेकिङमा लान पाउने भएको थियो ।
बेसक्याम्पमा पुगेपछि उसले गर्न हुने नहुने कार्य सबै उनै सुन्दरी कुइरेनी मारियासँग गर्यो । ऊसँगै घरजम गर्ने सपना देख्न थाल्यो । तर उनीहरूको संस्कृति अनुसार मारियालाई माया प्रेम केही परेको थिएन ।
ट्रेकिङ सक्किसकेपछि कुइरेनी सामान्य रुपमा नै आफ्नो देश फर्किइन् तर उसको मन भने भारी भएको थियो ।
अकस्मात एक महिनापछि उसलाई मारियाको इमेल आयो । ऊ त्यो बेला जति खुसी अरु बेला कहिल्यै भएको थिएन । ऊ इमेल खोल्न आतुर थियो । हत्तपत्त इमेल खोल्यो तर इमेलमा लेखिएको थियो “वेल कम टु आवर एड्स वर्ल्ड” ।
२०७२ असार १८
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
bijusubediubedibijay.blogspot.com
