Skip to content

हे ! मेरी प्यारी नेपाल आमा


हे ! मेरी प्यारी नेपाल आमा जननी तिमी नै
यो मेरो प्यारो देशको सधैँ मलाई गर्व छ

तिम्रो नै लागि गर्दछु मेरो प्राण यो अर्पण
तिमी नै मेरो मुटु को हरेक रापिलोे रगत
तिमी नै मेरो सर्वस्व सधै हुनेछ गर्व छ
तिमी नै मेरो लक्ष्य यो भन्छु सदाको लागि नै

शरीर तिम्रो धरति मेरो गोद यो तिम्रो नै
कसेर राख्छ्यौ अङ्गालो भरी ममता मायाले
शरीर तिम्रोे प्रत्येक कोष उर्जाको भण्डार
जन्मियौँ जहाँ मर्नेछु त्यहीँ तिम्रो नै कसम

आँचल तिम्रो बहँदा हुन्छ हावा यो सुरम्य
आउँछ वास्ना हावाको गन्ध उमङ्ग जडेको
नसा नै नसा, रमाई नाच्छ कत्ति यो आनन्द
त्यो हावा–लाई सलाम मेरो कवाज सहित

लय :– असारे ३+२=५, ३+२=५ , ३+३=६ जम्मा १६ अक्षर

२०७२ असोज ९
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *