मरेर गए शहिदहरू सपना सपनै
बाँचेर हामी केही त गरौँ सहेर नबसौँ
विकास गर्न अबेर भयो हाम्रो यो देशमा
काँचुली फेर्न नेपाल देश पाइन देखाऔँ
कहिले हुने यसरी अब देशको विकास
सपना सबै विपना पार्न कम्मर कसौँ लौ
देशको हरे ! विजोग भयो सपार्न तम्सौँ लौ
नेताले जस्तो कुर्सीका लागि नअपौँ जीवन
सधैंका सधैँ झगडा मात्र सांसद–हरूको
चुनेर मात्र भएन हेर हिसाब गरौँ लौ
देशको चोला हिमाल जस्तो उँचोमा पुर्याऔँ
नेपाली सबै नेपाल भनी देशैमा रमाऔँ
अहिल्यै देखि संकल्प गरौँ स्वदेश सपार्न
हटेर हैन डटेर जुझौँ इस्पात बनेर
लय :– असारे ३,२, ३,२, ३,३ जम्मा १६ विश्राम ५, ५, ६ जम्मा १६
२०७२ बैशाख साउन ६
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
