“खै आफ्नो मान्छे ? के अरुकै कुरा मात्र सुन्ने ? अरुकै लागि मात्र गर्ने ? खै आफ्ना लागि केही गर्न नपाउने ? यसकारण आज नितान्त एक्लो छु म । भगवान् कति पुकार्नु । आज एलियनलाई पुकारेको छु । यहाँका मान्छेबाट म आजित भइसकेको छु । त्यसैले तिमीलाई पुकारेँ ।
तिमीलाई यो पत्र लेखिरहेको छु । यो पत्र त लेखेँ तर तिमीसम्म पुग्यो कि पुगेन कसरी थाहा पाउने ? तिमीलाई कसरी भेट्ने ? तिम्रो ग्रह हाम्रो पृथ्वीभन्दा विकसित होला । तिमी यहाँ भएका अन्याय, अत्याचार, गरिबीलाई परास्त गर्न अवश्य सघाउन आऊ । तिम्रो त्यो सुपर पावर यो धर्तीमा देखाइदेऊ ।”
यस्ता कुराहरू लेखेको कापीको पन्नामाथि एकजना साथी निदाइरहेको थियो ।
मैले उसलाई उठाउन खोजेँ तर ऊ ब्यूँझिदै मलाई झपार्दै भन्यो “मलाई किन उठाएको ? म र एलियन मिलेर अन्याय, अत्याचार र गरिबीलाई परास्त गरेर यस धर्तीलाई कत्ति राम्रो स्वर्ग बनाइसकेको थिएँ तर तिमीले यसलाई सपना बनाइदियौ ! तर तिमीले यसलाई सपना बनाइदियौ !! तर तिमीले यसलाई सपना बनाइदियौ !!!
२०७२ असार ३१
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
