मेरो आँशु मौइरहेछ
म त एउटा आँशु यात्री
यसले मेरो मनै थर्काइरहेछ ।
प्रायश्चित सोचुँ आँशु सल्बलिन्छ त
हर्षको लात मारु भन्छु
खलखली भेल आफै बगिरहेछ ।
संसार कोट्याएर हेर्दा हेर्दै
लहरा पहरा बल्झाइरहेछ ।
बालक बुढो सबैका लागि
आँखा र झिमझिमाउने
परेली रुझाइरहेछ यसले ।
परिवर्तन र वातावरण एकै एकै भन्दै
सबैलाई समानता दिइरहेछ यसले
हर्ष खुशी, वेदना र विरती सबै बुझिकन
सबैका लागि मन सन्त्याइरहेछ यसले
मेरो आशु मौलाइरहेछ
आज म त एउटा आँशु यात्री
प्रत्येक टाउकाका दुईवटा प्वालबाट
थोपाथोपा गरिकन प्रत्येक शरिरका
बिस्मय बुझी दुनियासामु दर्शाइरहेछ यसले
विरह बोल्ने मन आश्चर्य खोज्ने वाहन
एक एक गरी चिनिरहेछ ।
प्रत्येकलाई प्रत्येकसामु चिकित्सक जस्तै
चिरफार गरिरहेछ यसले
पर्यावरण र वातावरणका
बाहिरैबाट आडम्बर बोलिरहेछ यसले
प्रत्येकका बिस्मय खोलिरहेछ यसले
सुख दुःख पोखिरहेछ यसले
दुनियामा स्वाबलम्बी मचाइरहेछ
प्रत्येक चिज निचोरिरहेछ यसले
हो मेरो दुःख पीडा, खुशी हर्ष आश्चर्य पोखिरहेछ यसले
मेरो डर त्रास, घात प्रतिघात खोलिरहेछ यसले
आज मेरो आशु मौलाइरहेछ
म त एउटा आशुयात्री
यसले त मेरो मनै थर्कारहेछ ।
