स्वाभिमान नेपालीको स्वाभिमान खै कँहा छ ?
नेपालीको निस्वार्थ मन कुन पापीले लुट्यो ?
आफ्नो मन नै छोड्न थाले आमालाई नै बिर्सिहाले
सान्र्दभिक र चर्चा गर्न तुल्य प्रकृति नै बिर्सिछोडे
देशको प्रेम गर्नेहरू अहिले आफ्नै प्रेममा अल्झिरहन्छ
देशको लागि लड्नेहरू अहिले स्वार्थमा पो डुबिरहेछन
देशको हितमा बलिदान गर्नेहरू स्वार्थी लालचमा फसिरहेछन
स्वाभिमानी नेपालीहरू आफैमा आत्मविश्वास गुमाइरहेछन
देशलाई लात मार्नेहरू “यो देशले मलाई के दियो?” भन्दैछन
चिया पसलमा बात मार्नेहरू “देशका लागि धेरै गरेँ” भन्दैछन
स्वाभिमानी नेपालीको स्वाभिमान खै कहाँ लुक्यो ?
नेपालीको निस्वार्थपन खै कुन पापीले लुट्यो ?
