Skip to content


उसको चित्कार सुन तिमी नसुनेझै गर्छौ किन
उसको विवशता बुझ तिमी नबुझेझै गर्छौ किन
कष्ट उसको देख्दा देख्दै वातावरण सन्नाट पार्छौ किन
चर्केको घाउ मलम पट्टीको सट्टा नूनखुर्सानी छर्छौ किन
न त उसलाई बास दियौ न त एक गासै पनि
वाचाल छौ तिमी बोल न एक छिन उसँग गन्छ उसले जुनीजुनी
तिमी त एक मानव अरे चुरिफुरी आफ्नै सान छ ।

अस्तित्वहीन दुनियामा उसलाई जीवन निस्सार छ
राम्रो अनि खुशी हुदा उसकोपछि लाग्छौ तिमी
प्राणी नै त ऊ पनि हो उसलाई पनि दुख्छ अरे
थोपा थोपा गरी उसको रगत पनि सुक्छ अरे
आधा शरीर निर्जीव उसको आधा शरीर सजीव
दया माया कसैको छैन मानवको आत्मा कस्तो अजीव
उसको चित्कार सुन तिमी नसुनेझै गछौ किन
उसको विवशता बुझ तिमी नबुझेझै गछौ किन

माथिबाट तप्प चुहिने छाना छ अरे उसको
मुसलधारे पानीको धारले चिरदै घिस्रदै
सहारा दिन्छ उसलाई कसले
खुल्ला आकाशम’नी आधा मरिसकेको शरीर
होसै उडिसकेको शरीर त्यै माथि मन पनि अधीर
मृत्यु चाहन्छ ऊ कालको नजर पनि उसमा किन परेन
माया पाई रमाउनेहरू पनि मरे अरे ऊ किन मरेन
चिच्याउछ ऊ चिच्याहटको वास्तै छैन तिमीलाई
पानी चाहियो अरे संकेत गर्दैछ तर
सित्तैको पानी पनि किन दिदैन उसलाई
उसको चित्कार सुन तिमी नसुनेझै गछौ किन
उसको विवशता बुझ तिमी नबुझेझै गछौ किन

कस्तो निस्सार जीवन उसको शुन्यतामा अड्किएर
मरे पनि हामीलाई नै श्राप दिन्छ उसको आत्मा भड्कििएर
तिम्रो लापरबाही भन या अघिल्लो जुनीको श्राप
बर्षिदैछन सुसलधारे पानीसँगै पीडाको चाप
पानी धारले रेटियो तिम्रो घृणाले रेटियो
तिमीलाई उसले गरेको मदत
आज ऊ सहाराहिन हुदा खरीले लेखेको खरी सरी मेटियो ।

बर्षाको धारले रेटिदै घामको रापले पोल्दैछ
सहाराहीन संसारमा तिमीलाई एक गाँस
माग्ने लोभमा विरह सुसेल्दै
तिमीसँगै पोख्दैछ विरहका आशु तर तिमी हाँसोले पखाल्ने
आफ्नो जीवनको निस्सारता तिमीलाई देखाउँदैछ
आफ्नो जीवन पनि निअर्थक बनाउ भन्दैन
उसले केवल सहारा मात्र माग्छ
तिमी भोकै बस भन्दैन उसले
बस् एक गाँस मात्र चाहन्छ
कि त मृत्यु देऊ तिमी कि त जीवन दिनुपर्छ
उसको मालिक हौ अरे तिमी त
त्यसैले उसको ऋण त तिर्नु पर्छ
उसको पीडाको भेल बग्दा बग्दै
आकाशे पूलमा हिड्छै किन
उसको पीडाको बर्षामा भिजे पनि वास्तै
नगरी भगवानलाई फूल चढाउछौ किन
उसको चित्कार सुन तिमी नसुनेझै गर्छौ किन
उसको विवशता बुझ तिमी नबुझेझौ गछौ किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *