कता कता सहारा माग्ने जस्तो
कता कता दोधारमा पार्ने जस्तो
साच्चै भो त अल्झाइरहेछ
दुःखका घाउ बल्झाइरहेछ ।
माग्ने जस्तै भिक मागिरहेछ
गेडी दिदा हात लुकाइरहेछ
न त भिखारी जस्तो न त दानी जस्तो
फूलको बोट हल्लाइरहेछ ।
लेखक जस्तै कलम सर्काइरहेछ
साहित्यकार जस्तै बोलिरहेछ
न त लेखक न त साहित्यकार
नुहेका वृक्षलाई असेटिरहेछ ।
कता कता रस बोल्ला जस्तो
कता कता निरास जस्तो पनि
या त साच्चै दुनियालाई थर्काइरहेछ
सफेत पाना कर्बराइरहेछ ।
कता कता सन्त जस्तो
कतै माहापुरुष जस्तो
हिड्दा हिड्दै लर्बराइरहेछ
चुरोटहरू सर्काइरहेछ ।
मुनी जस्तै तपोवनतिर
पुरेत जस्तै गंगाकिनारातिर
बलेकै दियो आध्यात्मतर्फ
वैज्ञानिक जस्तै विज्ञान तर्फ
यो त साच्चै दुनियाँ थर्काइरहेछ
पाउन पनि गाह्रो यसले मलाई लठ्याइरहेछ
साच्चै मलाई लठ्याइरहेछ।
दाउरा सुरुवाल ढाका टोपीको भक्त जस्तो
जहाँ संस्कृतको समर्थक जस्तो
देश प्रेमको भाव गुनगुनाइरहेछ
खाली बकवास खोलिरहेछ ।
पिपल छाहारीमा छाया खोज्ने जस्तो
बरसँगै माया लाउने जस्तो
यो त साच्चै परिवार चलाइरहेछ
आमालाई सधैं थर्काइरहेछ ।
कारागार हेर्ने पाली जस्तो
कारगारको अपराधी जस्तो
यहाँ यो त जगतै नचाइरहेछ
ठुलाठुला आँखा तानिरहेछ ।
सारङ्गी रेट्ने गन्धर्व जस्तो
कम्मर मर्काउने बादिनी जस्तो
संस्कार त यसले जोगाउला जस्तो
साच्चै मलाई त यस्तै लगिरहेछ ।
रातो कलम बोकिरहेछ
तोतेबोली बोलीहरेछ
न त गुरु जस्तो
न त शिष्य जस्तो
बाँसको लाठी बाँकीरहेछ ।
सेताम्य देखिने हिमाल जस्तै
ढकमक फूल्ने लालीगुराँस जस्तै
दोधारे भएर बर्वराइरहेछ
साच्चै यो त बर्वराइरहेछ ।
प्रबचन दिने बिदुषि जस्तै
गीत गुन्गुनाउने गायक जस्तै
अस्पष्ट भाका बोलिरहेछ
अर्थ हीन भाव खोलिरहेछ ।
सिन्दुरी रङ दलेर हो कि राताम्यै देखिन्छ
अनुहारैले यो मन डराइरहेछ
ब्यापारी जस्तै जीव्रो लर्वराइरहेछ
डाँकु जस्तै आँखा छोपिरहेछ
दुनियाको मस्तिष्क ठगिरहेछ
दिमाग चाटिरहेछ ।
बाटो हिड्ने बटुवालाई रोकाइरहेछ
प्रतिक्षाको आज्ञा दिइरहेछ
अतितका घाउ बल्झाइरहेछ
साँच्चै घाउ बल्झाइरहेछ ।
प्रेम पासो थापिरहेछ
खुट्टामै रसी बेरिरहेछ
आँशुका धारा बगाइरहेछ
पानीका मूल सुकाइरहेछ
कपडा सिउने दार्जी जस्तो
थान बेच्ने पसलले जस्तो
प्रत्येकको शरिर नापिरहेछ
प्रत्येक अङ्ग छामिरहेछ ।
भट्टी पसलकी साउनी जस्तो
धुँवा निस्किने चिम्नी जस्तो
आङ्खनै शरिरमा दाग लगाइरहेछ
गन्तव्य हिन यात्रा गरिरहेछ ।
घोडाको लगाम जस्तो
जेठको टन्टल घाम जस्तो
सँच्चै शरिर पोलिरहेछ
प्रत्येक आत्मा जलाइरहेछ ।
आत्मा सबैको गलाइरहेछ
दुनियामा हावा चलाइरहेछ
सुकेका पातहरू झराइरहेछ
जंगल उजाड बनाइरहेछ ।
आगो बिना डढेलो लगाउने जस्तो
पानी बिना संसार बगाइरहेछ
साच्चै मोहित पारिरहेछ ।
पानी बिनाको माछा जस्तो
मासु बिनाको हड्डी जस्तो
संसारै तर्साइरहेछ
दया दर्शाइरहेछ ।
शरीर भर्खर जुर्मराइरहेछ
नयाँ पालुवा पलाइरहेछ
मसिनो मुस्कान मुस्काइरहेछ ।
गहकिलो श्वास फेरिरहेछ
विरुवामा फूल फूल्ला जस्तै
भमराहरू भुनभुनाइरहेछन्
जहाँतँही यस्तै भइरहेछ ।
साँच्चै यस्तै भइरहेछ
साँच्चै यौवनले लठ्याइरहेछ
साँच्चै यौवनले सताइरहेछ ।

लु गजब कविता नानु । तर यति
लु गजब कविता नानु । तर यति लामाे कविताका पाठक अब देशमा विरलै छन् है ।