ज्युँदै सम्झी अटल मनमा सजाए
मृत भनी सल्लाह दिंदा हप्काए तिमीलाई
तिम्रो त्यो उज्याले टहकिलो रुपमा छ चमक
मृत भन्दिन म पाप लाग्छ हिड्छै लमक लमक
चिनेका छौ तिमीले यहाँका ठुलाबडा माहाजन
फूलेका छौ आफैमा तिमी छाती फूलाईकन
मृत सम्झुँ कसरी म मृत संज्ञा दिए पनि
बुझेका छौ संसारलाई स्थिरै भए पनि
शरीर स्थिर राखिकन दुँनिया नियाल्दछौ
मानस्पटल बुझी सबमा वुद्घिका धार रेट्दछौ
तिम्रो आफ्नो सहज बलले टुक्रिदैनौ टुक्रयाउदा
तिमी आफ्नो घमण्डबलले बोल्दैनौ बोलाउदा
शब्दै छैन सम्मान गर्न तिमीलाई मेरो मनमा
माला उन्छु तिमीलाई फूल खोजुँ कुन बनमा
सुन्दर यही फूलले समाधि गर्छु तिमीलाई
मृत हैन सल्लाह दिन्छु अहिले नै उनीलाई
औँशीका अँध्यारो रातमा चमक दिन्छौ तिमी त्यसै
मेरो मनको स्पन्दनमा चल्दछौ तिमी उसै
तिमी नै साँच्चै साँच्चै प्रत्येक मनको मालिक
बाँचिराख लाखौँ बर्ष पूज्यनीय हे शालिक ।
मनिषा अवस्थी
पिपलाडी ०७ कञ्चनपुर
