पल पलमा रुने बानी तिम्रो सधै तिम्रा परेली रुझेका
हँसाउने मन त साह्रै थियो तिमीलाई तर यी मेरा
हातहरू पनि टुटेका
तिम्रो गालामा बगेका आँशु पुछ्न पनि गाह्रो हुन्छ मलाई
के नै गर्न सक्छु तिम्रो लागि
फेदैमा पाइला टेकाउन त गाह्रो हुन्छ मलाई कहा
सक्छु सगरै चुम्न
अभागी सन्तान म, भाग्यै यस्तो कोरिएछ
राम्रै गरे भन्छु तिम्रो नजरमा ज्यादै नराम्रो
धर्मै गरे भन्छु म त तिम्रो नजरमा ठुलै पाप
क के गँरु कसरी मुस्कान ल्याउ ती तिम्रा ओठमा
सुक्न लागे यी हरियालीहरू कसरी पानी राखुँ यी बोटमा
पल पलमा रुने बानी तिम्रो सधै तिम्रा परेली रुझेका
हँसाउने मन त साहै थियो तिमीलाई तर यी मेरा
हातहरू साँच्चै टुटेका
बर र पिपलको जस्तै असल संगत तिम्रो मेरो
नङ र मास’ जस्तै कहिले नटुट्ने नाता तिम्रो मेरो
म टुटाउन बाध्य भए त्यसैको बदला त पाए आज
हात र खुट्टा सबै टुटे ठुटे लठ्ठी झै रहे एक्लै
तिम्रो सिउदो पखाल्न त सजिलै भएथ्यो पुछियो
तिम्रो बालकलाई टुहुरो बनाउन त सजिलो लाग्यो
यस्ता धेरै सिउदो पखाल्न र थुपै बालक टुहुरा
बनाउन रहर थियो
आज त्यही सोचाइको फल भोग्दैछु
मृत्युशैय्यामा छटपटीएको बृद्धा जस्तै खोक्दैछु
अँझै करिव चालिस बर्ष बिताउनु छ
कयाैँको आँखाको कंसिङ्गर बन्नु छ ।
अब त साच्चै पछुतो भइरहेछ तिमीलाई हँसाउथे
तिम्रा आँशु पुछिदिन्थे तर हातै टुटिसके
तिमीलाई एक घुट्को पानीले त रुझाउथे तर
मेरो नजरमा पानीका मुलै सुकिसके
पलपलमा रुने बानी तिम्रो सधै तिम्रा परेली रुझेका
हँसाउने मन त साह्रै तिमीलाई तर यी मेरा हातै टुटे
