Skip to content


सडक सडक पाटी पाटी त्यो किन डुल्छ?
आफ्नो संस्कार रीतिरिवाज सबै किन भुल्छ ?
लक्ष्यहीन बाँदर जस्तै गल्ली गल्ली चहार्छ
झिंगा जस्तै प्रत्येक बस्तु चाख्दै चाख्दै हिड्छ
पप संगीत पप पहिरन नाङ्गो शरीर देखाउदै
सिधा सिधा जनतालाई धाक र फुर्ती लगाउदै
हजुरबा र हजुरआमा उसका नजरमा मान्छे हैनन
आमा र बुवा उसका लागि पैसा उत्पादन गर्ने मेसिन
वाँदर हो कि भनी हेर्छु बाँदर जस्तो पनि छैन
झिंगा हो कि भनी हेर्छु झिंगा पनि लाग्दैन
त्यो चरा जस्तै एक ठाउँमा पनि बस्दैन
त्यो कमिला जस्तै माटोमा पनि गढ्दैन
खहरे खोला जस्तै सुसेल्छ वर्षा रोकिए शान्त
पहरेदार जस्तै सिठ्ठी सेल्छ बन्न खोज्छ क्रान्त
क्रान्ती गर्छु भन्छ आउदैन उसलाई क्रान्ती गर्न
शान्ति छर्छु भन्छ आउदैन उसलाई शान्ति छर्न
पाटी पौवा गल्ली त्यो डुलिरहेछ
आफ्नै लाज बचाउने ती कपडा च्यातिरहेछ
त्यो के होरु किन त्यस्तो गर्छरु पत्ता लाग्दैन
दिमाग फुस्किएको बौलाहा रैछ त्यसैले यो
यहाबाट भाग्दैछ
त्यो त साच्चै बौलाहा रहेछ
त्यो त साच्चै पागल रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *