Skip to content


म त पापी हुँ
पक्कै पापी
म सधै मन्दीर धाउछु
भगवानलाई फूल चढाउछु
यो देखेर तिमी सम्झन्छ्यौ
म त डिग्रीको प्रमाणपत्र
आफ्नो सिरानीमा चढाउनेलाई
सधै थुक्छु आमा म त पापी हु पक्कै पापी हु ।

म भगवानको लागि एक अगरबत्ती
सधै जलाउछु
सँगसँगै त्यो धुपलाई निभाउन
खोज्ने फट्याङग्रालाई बलि चढाउँछु
म त सधै राम्रो मात्रै गर्छु
भगवानको लागि दिल सधै खुला राख्छु
रोडमा चिटिक्क परी हिड्ने ती युवतीलाई
म गाली गर्छु आमा म पापी हुँ
पक्कै पापी ।

म सधै बिहानै नुहाइधुवाइ गर्दै
गोठमा ठुलो रसीले दुई तीन
फन्का रंगीन रसी बेरिएको गाईलाई
ठुलो टीका लगाउदै खुशी हुन्छु
आगनको डीलमा मठमा उम्रेको हरियाली
तुलसीमा सधै बिष्णुको नाममा
जल चढाउछु
मजाले तुलसी मिठो मान्दै खाइरहेको झुसिलकिरालाई
एक थप्पड लगाई पत्र्याउछु
गोठको खसी फुक्लिएर सर खादै गर्दा
त्यसलाई ठुलो लौराले बजार्छु आमा
म पापी हु
पक्कै पापी ।

नाग पञ्चमीको दिन आगाडि नै
म लसुन छुन्न
बिहानै झिसमिसे नहुदै नागेश्वर
बाबाको मन्दीर पुग्छु
भजन किर्तनमा डुब्छु
फोटोमा देखिने सुन्दर सर्प
सर्पको भक्तिका साथ पूजा गर्छु
आधाघण्टा ध्यान मग्न भई बस्ता
रुदै आएको बालक छोरालाई
लतार्दै उठ्छु आमा म पापी हु
पक्कै पापी ।

निराहार ब्रत बस्दा
पानीको थोपा पनि नचाखी
पेटमा मुसा कुदाउदै घाटी सुकाउदै
हातै लुलिदै
उनलाई लेखेको प्रेम पत्रमा
पावैमा शीर राखी ढोक गर्दा उठेको रिसलाई थामी
दश हजार रुपयाँको माग गरे
उनको लामो आयु माग्दै
शिव र पार्वतीको पूजा गर्नै लाग्दा
आएको फोनको घण्टी रिसिभ गर्दा
ब्रत अगावै खान मीठो नपाएको रिसमा
म उनलाइे छोटो आयु होस भनी
गाली गर्छु आमा म पापी हुँ
पक्कै पापी ।

मोक्षप्राप्तिको लोभमा गरिएको पितृश्राद्ध
एक गाँस माग्न आउने कुकुरलाई भकुर्दा
मैले घरमा लगाएको कुनै दिनको नवाहामा सुन्दै जाँदा
श्राद्धको कुकुर
पितृकै रुपमा आउँछन भनी पण्डितजीले सुनाएको याद आँउछ
तुरुन्तै कुकुरलाई घेरा हाली छोपेर मुसार्दै
पवित्र ठाउँमा लुकाएको
सुन्दर टलक्क टल्किने साङ्लोको गहना लगाई
पहिले भुँडी देवताको पूजा गर्दै
उसलाई पनि दिन्छु आमा
म पापी हु
पक्कै पापी ।

एकान्त जङ्गलमा मूर्तिमा सजिएका
सुन्दर भगवानलाई खोज्दै भौतारिँदा
खुट्टामा अल्मलिन पुगेको
नागदेवको हत्या गर्छु आमा
म पापी हु आमा
म पक्कै पापी
पक्कै पापी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *