जब आकाशमा बादल मडारिन्छ
मेरो मन त्यसै तर्सिन्छ
त्यै कालो पुरानो र त्रास देखाउने
अतित फर्किन्छ ।
उसै त मनमा वैराग झन
त्यसमाथि पुरानो कोलाहल
म त साँच्चै पागल मान्छे
पागल भन्दा पनि हुन्छ ।
मरुभूमिलाई सधै समुद्र देख्छु
ठुला महासागरसँग बालुवाटार भन्छ
आँखाले नै काम गर्न छोड्यो
साच्चै यी आँखामा भट्टीको खरानी पसेजस्तै
पागलपनको धुन चढेजस्तो छ
म त साँच्चै पागल मान्छे
पागलभन्दा पनि हुन्छ ।
बर्खामासमा भल बगेर नदीहरू उर्लिउन
मेरो लागि जेठको खडेरी
हिँउदमा मुटु काँप्दाखेरी बालेर तापेको आगो पनि
यहाँ त गर्मी नै देखिन्छ ।
आँखामा अँध्यारो छायो
संसारै चकमन्न भएको बेला
सिमसिमे मन्द बर्षा देख्छु
मुसलधार बर्षिएको बेला
साँच्चै पागलको धुन चढ्यो
पागलभन्दा पनि हुन्छ ।
यहा ठुलो भीडभाड छ
भन्दैछन म त देख्छु एकान्त
यहाँ यथार्थ चञ्चलता छाएको छ
म त देख्छु निश्चलता
सिन्दुरी रंगमा सजिएकी नवदुलहीलाई
यी आँखा देख्छन खोक्रिएकी विधुवा
अँध्यारो औँसीको रातलाई
पूर्णिमाको चम्किलो रात
पागलभन्दा पनि हुन्छ ।
नव दुलहा दुलहीको रहरलाग्दो सुहागरातलाई
म सम्झनछु बिछोड
सधामाजस्ती पतिव्रता स्त्रीले गरेको प्रेमलाई
म देख्दछु होड
सक्कली र नम्बरी सुनका रहरलाग्दा गहना
मनलाई उथलपुथल पार्ने प्रत्येक स्त्रीको चाहना
तिनलाई म सम्झन्छु
सडक गल्लीहरूका फोहरी गहना
यो मष्तिष्कमा बौलाहा धुन चढ्यो
पागल पनि हुन्छ ।
ए दुनिया मलाई साच्चै
पागल भने पनि हुन्छ ।
मनिषा अवस्थी

ramro chha
ramro chha