Skip to content


त्यो त कुदृष्ट भावनाको सङ्गम ।
बहदैछ त्यहाँ कुरीति पवन
त्यसलाई मिठोबनाउ कसरी
माता र पिताको माया छ जसरी
सुसन्देश दिँदा हल्लिन्छ वेसरी
गोधूलिमा आउँछ दुनिया चहरी
सुधा पिउन लगाई ओखती बन्छु कि
रस साहित्यको प्रेयसी बन्छ कि
अगस्त्य मुनीको सुसन्देश सिकाउँ
अगरा जस्तै नै अगर्हित तुल्याउँ
आगिसरा भई सगुणी बन हे
आमाको माया के नदी नै तर रे
आत्म शुद्घ भई ईश्वर डाँक रे
सकपुर लिई सुगन्ध छर रे ।
यही सन्देश दिई आऊ त्यसलाई
प्याला नै छर्छ है सिकाउ उसलाई ।
दौत्य भाव नदेऊ अग्नि नै बन्नेछ
शीतल दु्रत बनी शीतलता देऊ न
यसैको द्राघिमा बढाइ लेऊ न
कस्तुरी विणा झै सुगन्ध त र है
कुरीति पवन तिमी पार गर है
बन औषधीलाई प्रीत लगाउ तिमी
कुरीति हटाउँ मिली तिमी हामी
यहा कुदृष्टिलाई हटाउ यसरी
वल्दैन त्यसपछि कुरीति यसरी
सुसन्देश सुनौ अब हामीहरू
देवाशं बनेर विश्व शान्ति छरुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *