आखिर एक दिन मर्नैपर्छ सुनको थालमा खाए पनि
के नै लानु छ र हामीले लाखौँका मालिक भए पनि
झुठा संसार एक पुर्जाले काम गर्न छोड्यो ठप्प रोकिन्छ ।
दुई दिन बाँच्न पनि प्राणी हजारौँ पहाडमा ठोकिन्छ ।
पाप र धर्म थाहा छ उसलाई जानिजानी कुर्कम गर्छ
दैनिक छाक टार्न पनि ऊ संसारै खोतल्न चाहन्छ ।
सहारा माग्छ दुई दिन बाँच्न झगडा गर्छ दुनियाँ दाँज्न
रात बिताउन एक्लै अप्ठ्यारो भयो रे जोडी चाहियो उसलाई
आफ्नो समस्या मात्रै सुल्झाउन चाहन्छ
आँखिर सुख चाहिदैन कसलाई
प्रेम गर्छ समय व्यतित गर्न बिहे गर्छ जीवन
व्यतीत गर्न
सहारा माग्छ दुःख परेको बेला खुशी र
उमङ्गमा कसैलाई टेर्दैन
जति सुख भए पनि मानिसलाई दुई दिनको जीवन
सुखी बन दुःख नगर एक सरो कपडा
र दुई छाक टार्न केवल
आखिर एक दिन मनैपर्छ सुनकै थालमा खाए पनि
के नै लानु छ हामीले लाखौँमा मालिक भए पनि ।
