Skip to content


सन्तान होस् देशको लागि व्यक्ति बिशेष नभैकन
खाँचो भो देशबासीलाई एस्तो सन्तान नेपालमा
बनी वीर र देशभक्त सदगुणी दुरदर्शी भै
सबको सुखको भावी
बनी बिशेष क्षमता
सुख शान्ति समेत छाई
बनाउने देश सम्पन्नता

नचुकी कहिलेकाहीं
सबको प्रियपात्र भै
जन्मियोस, हुर्कियोस, बाचोस्
एस्तो सन्तान नेपाललाई
उभियोस् देशको सामु
कुर्सी बिसेष नभैकन
खाँचो भो देशबासीलाई
एस्तो सन्तान नेपालमा

विवेकी भै वुजोस् सबको
दुख मर्का बराबर
टारोस् मानिसको खाँचो
उन्नतिले हराभरा
खाँचो भो देशवासीलाई
एस्तो सन्तान नेपालमा
खाँचो भो देशबासीलाई
यस्तो सन्तान नेपालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *