निर्दोषलाई हत्कडी लाउने आधार खोज्छ सरकार ।
न्याय माग्दा खेरि उल्टै कारागार खोज्छ सरकार ।
हिजो बहिनी बलात्कार भई आज भाइ मार्यो कठै,
राहतमा बन्दुक तेर्स्याई अत्याचार खोज्छ सरकार ।
पशुपतिभित्र नाङ्गा बाबालाई देवता देख्छ उसले,
ढाक्नैपर्ने अंग ढाक्दा पो सस्कार खोज्छ सरकार ।
जनताहरू हेपिए करमा चेपिए सीमानाहरू बेचिए,
लम्पसारवादी सिधान्त र विचार खोज्छ सरकार ।
मन आत्तिएको छ रगत तात्तिएको छ मेरो अचेल,
थाहा छैन कुन दिन अब नरसंहार खोज्छ सरकार ।
दिपा धिताल
