Skip to content

न डुब्न सकें न तर्न सकें

  • by


न डुब्न सकें न तर्न सकें जीवनको डुंगामा
न झर्न सके न हाँस्न सके फूलको थुंगामा !

तरेर पारि सकेन जान, बिचैमा दोभान छ
बाँच्नुको अर्थ रहेन मेरो, मरौं त यौवन छ
बिलौना मेरो सुनेनौ दैव, के पुजौँ ढुङ्गामा ?
न झर्न सके न हाँस्न सके फूलको थुंगामा !

धेरै ऋतु बदलिरह्यो बदलिएन मेरो दिन
बोक्नुछ सधैं पिरको भारी रुनुछ क्षिणको क्षिण,
ठिकैछ दैव हार्दिन अब, बाँच्नेछु छँगामा,
न झर्न सके न हाँस्न सके फूलको थुंगामा !

न डुब्न सकें न तर्न सकें जीवनको डुङ्गामा
न झर्न सके न हाँस्न सके फूलको थुंगामा !

राजेश रुम्बा लामा “अतृप्त”
१६-०८-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *