हाँस्न सिक जीवनमा अबिरल आँशु झार्ने होइन,
जुट्न सिक जीवनमा टुक्रा टुक्रा भई टुट्ने होइन,
बाँड जेछ जीवनमा कन्जुस्याइको खेती गर्ने होइन,
जिउनु पर्छ जीवन, तड्पी तड्पी जलाउने होइन,
दुख लुकाउन सिक्नु जीवन व्यथा पोखाउने खोला होइन,
अमूल्य हिरा मोती हो जीवन हावामा उड्ने धुलीकन होइन,
मायाको समतल सागर हो जीवन अविश्वासको पहाड होइन,
मिलनको मिठो संगम हो जीवन बिछोडको कथा होइन,
विश्वास गर्न सिक जीवनमा अविश्वास चाहिं होइन,
मायाले सजाउन सिक जीवनलाई धोका दिन होइन,
धनी गरिब एकै ठान्न जीवनमा भेत भाव गर्ने होइन,
देशलाई केही दिनु पर्छ लिने चाहिं होइन,
अमर कीर्ति सम्झ जीवनलाई विराहमा गाउने गीत होइन,
वसन्त झै फुलाऊ जीवन खरेडीको वगर होइन,
दुई आत्माको मिलन हो जीवन जित र हार होइन,
दैवको सुन्दर देन हो जीवन धर्तीको अभिषाप भार होइन ।।
राजेश रुम्बा लामा दोहा कतार,
च्भबकयलबिmब)चगmदब२थबजयय।अयm
