एकाबिहानै काग उड्दै काँ-काँ भन्छ यो शहरमा
कुकुर भुक्दै सबै दुषित खा-खा भन्छ यो शहरमा
भँगेराको हुल नाच्दै गिज्याए झैँ गरी हेर त उफ्फ!
पखेटा फट्फट्फट्याउँदै खुचिङ् फसिस् ला-ला भन्छ यो शहरमा
मौन छन् घरहरू निरही छन् सडक गल्ली सबै
र त आफ्नै गाउँ फर्कि छिट्टो जा-जा भन्छ यो शहरमा
चारैतिर थुम्का थुम्की कालो मुख लाउँदै हेर शेरे
के सम्झेर आउँछौ रुम्बा अब दु:ख पा-पा भन्छ यो शहरमा
राजेश रुम्बा लामा’अतृप्त’
