Skip to content

सोचाइको बार्दलीबाट

  • by



नियालेर हेर्दा
चारैतिर क्षितिजमाथि
ढकमक्क कुहिरोले ढाकेको देखें
मनहरू निरासाको भुंग्रोमा
(अघेनामा)
छटपटीरहेका छन्
लाग्छ ऊ बाँच्नुको अर्थ
देख्दैन
तर मृत्यु आफैमा
त्रास्ती हो,
त्यही मृत्युको भयले
मृत्युवाट
पर उभिई आशाको त्यान्द्रोहरू
केलाउन खोज्दैछन यी मनहरू
तर कठै ! समयको अगुल्टो
ठोसिंदा, दिन-प्रतिदिन
समस्याको ज्वालामुखीमा
डढ्न विवश छन् मनहरू
त्यसैले त डढेको-पिल्सिएको
मनमाथि शीतल मलहम
प्राप्तिको आशामा
मृत्युसैय्याबाट हुरीको रुप लिई
पुग्ने गर्छन सगरमाथाका देश, त कहिले
रेगिस्थानका समुद्री तट-तटमा
तर बिडम्बना !
चिसो हावाको झोंका
सँगै आफ्नै अस्तित्वको
रक्षाको निम्ति
जबर्जस्त मुस्कुराइरहेका
ती हिमालहरू मौनातामै
भित्र भित्रै खुचिंगको काखी बजाउँदैछन्,
पीडा (नाउ) र बडेमानको पानीजहाजको
स्पर्समा तरंगित हुँदै
तर्किदै छन् यी समुद्रहरू पनि
सायद लाग्छ हिमालहरूलाई छाडी
आउनु मेरो भुल थियो त
यी समुद्री तटहरूमा
आशाको भिख माग्नु मेरो लाचारपन थियो
र त आज पलपल जलिरहेछु यी भट्टीहरूमा
यी बन्दकोठाहरू भित्र निस्सासिदैछु
कुन बेला पुरिने हो यी बालुवाका थुप्रोले?
बस् पर्खाईमै छु
बस् पर्खाईमै छु

राजेश रुम्बा लामा “अतृप्त”
२६-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *