Skip to content

छाड्नेले छाडे पनि

  • by


छाड्नेले छाडे पनि नौ डाँडा काटे पनि
औधी माया लाग्दो रहेछ आफ्नै मन फाटे पनि

केही पललाइरहेछ बरै बिहानीको घाम झैँ बन्या
अजम्बरी खुशी छोप्ने अनौठो त्यो खाम झैँ बन्या
आफ्नै मुटु ठान्नेले नै रुवाउनलाई ढाँटे पनि
औधी माया लाग्दो रहेछ आफ्नै मन यो फाटे पनि

हाम्रो माया गंगा जस्तै पवित्र छ भन्ने गर्थ्यो
हामी हो त्यो हेर राज भन्दै तारा गन्ने गर्थ्यो
सारा सपना देखाएर अन्तै त्यो मन साटे पनि
उनकै मात्र लाग्छ झल्को आफ्नै मन यो फाटे पनि
उनकै याद खिल बन्यो आफ्नै मुटु फाटे पनि
लाग्छ माया राम कसम आफ्नै मन यो फाटे पनि ।

-राजेश रुम्बा लामा ‘अतृप्त्’
बैशाख १९ २०७०
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *