घुमी-घुमी आयो ऋतु, ल्यायो दशैं बोकी
मेरै बाटो आँखा बिछ्याई होलिन आमा रोकी
आफ्नै आँगन नटेकेरै धेरै दशैं गयो
आउँछु आमा भन्थें सधैँ, ढाँटे जस्तै भयो
हरेक दशैं दशा बन्छ, भाग्य त्यस्तै हो कि?
मेरै बाटो आँखा बिछ्याई हौलिन आमा रोकी
परदेशीको व्यथा यस्तै, नरुनु है आमा
मेरो बाटो हेरी बिहाल, नहुनु है आमा
आउन मन थियो मनै भरि, सुइकुच्चा ठोकी
रहर थियो आशिष लिन तिम्रो पाउ ढोगी
राजेश रुम्बा लामा “अतृप्त”
