Skip to content

यात्राभरि त रहेछौ नि


यात्राभरि त रहेछौ नि मेरो साथ खोजेकी
गन्तव्यमा पुग्यो आज हेर पराई सोँचेकी

भन्नेहरू भन्ने गर्थ्यो आहिले प्रेमको जमान छैन
त्यस्तै रहेछ थाहा पाएँ आफ्नो भन्ने आफ्नो भएन
जंघार तर्न खोज्यो सँगै आहिले बाटो अन्तै रोजेकी
गन्तव्यमा पुग्यो आफू हेर पराई सोचेकी

बितेका पल अतित् बन्यो भुल्नेले त भुल्दो रहेछ
प्रेमको पूजा गर्ने मनमा सधैँ पीडा फुल्दो रहेछ
कोमल मनमा यादै यादको सुल बनी घोच्यो आज
गन्तव्यमा पुग्यो आफू मलाई पराई सोचिन आज

शब्द : राजेश रुम्बा लामा
वीरेन्द्रनगर -१ चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *