सम्झिदिए पुग्छ लाग्थ्यो छुटेपछि दुख्यो मुटु
उनको बोली सुन्ने चह उठेपछि दुख्यो मुटु
यस्तो मोड आउँदो रहेछ दुखे पनि हाँस्नु पर्ने
आगो लाग्दा खुशीमाथि सहेर नि बाँच्नु पर्ने
निर्मोहीको यादै यादले कुटेपछि दुख्यो मुटु
उनको बोली सुन्ने चाह उठेपछि दुख्यो मुटु
लाग्छ यता मुटु दुख्दा त्यता पनि दुख्दो होला
खुशी पोत्ने लाली पनि मेरै जस्तो लुक्दो होला
बिचबाटो मै हाम्रो साथ टुटेपछि दुख्यो मुटु
उनको बोली सुन्ने चाह उठेपछि दुख्यो मुटु
सम्झिदिए पुग्छ लाग्थ्यो छुटेपछि दुख्यो मुटु
उनको बोली सुन्ने चाह उठेपछि दुख्यो मुटु
-राजेश रुम्बा लामा ‘अतृप्त’
२०७०/०१/२१
चितवन ।
