Skip to content

सागर म लहर बनी


सागर म लहर बनी चन्द्र तिमी छुन्छु
सुस्त सुस्त पवन बनी अङ्ग तिम्रो चुम्छु

जब छुन्छु शरीर तिम्रो कम्पन् यस्तो हुन्छ
बढ्दै जाँदा दिलको धड्कन श्वास मेरो थुन्छु

अधेरीमा कहिलेकाहीं तिम्रो सामु परे
अगांलोमा बेरिएर प्रणय गीत म सुन्छु

यस्तो चाह पलायो मन्मा तिम्रो साथमै रहुँ
तन्मा तिम्रो मन्मा तिम्रो नशा नशामा हुन्छु

पग्लिएर तिम्रो प्रेममा नदी बनी बगें
चुम्छु तिम्रो अधर अनि बन्द आँखा रुन्छु

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *